खेल विविध

२०७३-१२-२४ मा प्रकाशित     १४२५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

फुटबल बरियतामा नेपाल भुटानभन्दा पनि पछाडी

चैत २४, काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ । 

फिफाले विहीबार सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १ सय ६४औँ स्थानमा पुगेको छ । नेपाल भने १ सय ७०औँ स्थानमा यथावत रहेको छ । 

सार्क राष्ट्रमा भारत सबैभन्दा अगाडी छ । भारत ३१औँ स्थान माथि उक्लिएर १ सय १औँ स्थानमा पुगेको छ । त्यस्तै माल्दिभ्स ११ स्थान तल झर्दै १ सय ५१औं स्थानमा छ भने अफगानिस्तान तीन स्थान माथि उक्लिएर १ सय ५३औँ स्थानमा रहेको छ । बङ्गलादेश १ सय ९३, श्रीलङ्का १ सय ९७ तथा पाकिस्तान २ सय १औँ स्थानमा छ । 

ब्राजिल सात वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ । त्यस्तै अर्जेण्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ । रासस

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »