प्रडक्ट

२०७३-१२-२५ मा प्रकाशित     ६०२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ब्लू क्रश हस्पिटल : राष्ट्रिय स्वास्थ्यमा सहभागिता

ब्लू क्रश हस्पिटलको स्थापना सन् १९९१ मा स्थापना भएको हो । शुरूमा यो पोलिक्लिनिक र डायग्नोष्टिक सेण्टरको रूपमा सेवा दिने गथ्र्यो । क्रमिक रूपमा विकसित हुने क्रममा यसले सन् २०१० देखि ‘इन प्यासेण्ट’ सेवा पनि उपलब्ध गराउँदै आएको छ । निजीक्षेत्रबाट सञ्चालित यो हस्पिटल काठमाडौं त्रिपुरेश्वरमा छ । ‘राष्ट्रिय स्वास्थ्यमा सहभागिता’ मूल सिद्धान्त बोकेको यो हस्पिटलमा आधुनिक तरीकाबाट बिरामीको उपचार गरिन्छ । सन् २०१० मा २५ शैय्याबाट सेवा सञ्चालन गरेको हस्पिटलले निकट भविष्यमै ५० ओटा शैय्या पुर्‍याउने लक्ष्य लिएको छ ।

बिरामीको सुविधाका लागि हस्पिटलले भेण्टिलेटर र आईसीयूमा पनि शैय्याहरू थपेको छ । साथै, विशेष सहुलियतमा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । चौबीसै घण्टा एम्बुलेन्स सेवा, इमर्जेन्सी उपचार सेवा, हेमोडाइलासिस, जटिल शल्यक्रियालगायत सेवा हस्पिटलले उपलब्ध गराउँदै आएको छ । हस्पिटलले जापानी कम्पनी हिताचीको अत्याधुनिक हाई टेस्ला सुपरकोन एमआरआई र मल्टीस्लाइस सीटी स्क्यान सेवासमेत सञ्चालन गरिरहेको छ ।

उपलब्ध सेवा र सुविधाहरू :
मेडिकल : जनरल मेडिसिन, कार्डियोलोजी, ग्याष्ट्रो–इण्टेस्टाइनल र लिभरको रोग, छाला र यौन सङ्सर्गबाट सर्ने रोगहरू, न्युयोरोजी, छातीको रोग, नेफ्रोलोजी, मानसिक रोग, स्त्रीरोग

सर्जिकल : न्युरो सर्जरी, जनरल सर्जरी, ब्रेष्ट सर्जरी, एण्डो–युरोलोजी, अर्थो सर्जरी, हेपाटोबिलियरी सर्जरी, युरो–सर्जरी, थोर्‍याकिक सर्जरी, भस्कुलर सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, थाइराइड सर्जरी आदि

डायग्नोष्टिक : ल्याब, एक्स–रे (सीआर), ईईजी, ईएमजी, सीटी स्क्यान, इको, ईएसजी, अल्ट्रासाउण्ड

विशिष्टीकृत : आँखा, नाक, कान र घाँटी, दन्त्य

विशेष सेवा : हेमोडाइलिसिस

उपचार सुविधा : भेण्टिलेटरसहितको आईसीयू, आधुनिक शल्यक्रिया कक्ष, क्याबिन, सामान्य बेड र डिलक्स रूम

अन्य : फिजियोथेरापी, डाइटिशियन, क्लिनिकल साइकोलोजी, हेल्थ स्क्रिन

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »