प्रडक्ट

२०७३-१२-२५ मा प्रकाशित     १०३६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ओम हस्पिटल एण्ड रिसर्च सेण्टर : विश्वस्तरीय आधुनिक उपचार सेवा

सन् १९९० मा ओम नर्सिङ होमको नामबाट शुरू भएको ओम हस्पिटलले आफ्नो शुरुआतकालदेखि नै विश्वस्तरीय गुणस्तरको सेवा प्रदान गर्दै आएको छ । आठओटा बिरामी शैय्या र तीनजना डाक्टरबाट सञ्चालनमा आएको यस हस्पिटलमा हाल १ सय ५० बिरामी शैय्या र ६२ जना विशेषज्ञ छन् । सुपथ मूल्यमा आधुनिक प्रविधिसहितको चिकित्सा सेवा दिनुका साथै हस्पिटलले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न विभिन्न तालीम पनि सञ्चालन गर्दै आएको छ ।

एकै छानामुनि स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा दिँदा समयको बचत, बिरामीको स्तरीय उपचार हुने र आत्मबलसमेत बढ्ने हस्पिटलको धारणा छ । यस हस्पिटलमा बिरामी दर्ता, भर्ना र डिश्चार्जका सम्पूर्ण कार्य कम्प्युटरबाट गरिन्छ । सबै प्रकारका रोग अनुसन्धानका लागि केन्द्रीकृत डेटाबेस रेकर्डिङ सिष्टम रहेको छ । गुणस्तरीय सेवाका कारण नेपालबाट मात्र नभई छिमेकी राष्ट्र भारतबाट पनि उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । फलस्वरूप, बिरामीको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ । सन् १९९९ मा ठूला हस्पिटलको अवधारणा निर्माण भएपछि सम्पूर्ण सेवासहितको हस्पिटल चाबहिलमा स्थापना गरिएको थियो । बिरामीको पूर्ण सन्तुष्टिलाई लक्षित गरेको यस हस्पिटलले विभिन्न आधुनिक प्रविधिद्वारा चिकित्सा सेवा प्रदान गर्दै आएको छ । हस्पिटलले विभिन्न योजना पनि सार्वजनिक गरेको छ । यस हस्पिटलमा सीटी स्क्यान, एक्सरे, ईसीजी, इण्डोस्कोपी, अल्ट्रासाउण्ड, फिजियोथेरापीलगायत सम्पूर्ण सेवा उपलब्ध छन् । हस्पिटलले सातै दिन चौबीसै घण्टा इमर्जेन्सी सेवा प्रदान गर्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »