पाठक विचार

२०७३-१२-२७ मा प्रकाशित     ३८४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

केही समयअघि अन्तरराष्ट्रिय विमानस्थलमा सुन तस्करी गरेको आरोपमा त्यहाँ कार्यरत एसपी समातिए । अहिले फेरि सुन डकैतीमा प्रहरीको संलग्नता रहेको समाचार प्रकाशमा आइरहेको छ । यस्ता समाचारले नेपाल प्रहरीको सङ्गठनलाई कस्तो प्रभाव पार्छ, त्यो सम्बन्धित सङ्गठनका प्रमुखले बुझ्नुपर्ने कुरा हो । तर, यसरी दिनदिनै विभिन्न घटनामा प्रहरीको संलग्नता भएको समाचारले प्रहरी भनेका रक्षक होइनन्, भक्षक नै रहेछन् भन्ने कुरालाई प्रमाणित गर्ने स्पष्ट देखिन्छ । यस विषयमा प्रहरी सङ्गठनले मात्र होइन, सरकार र सम्पूर्ण नेपालीले नै विचार गर्नुपर्ने देखिन्छ ।

जनताको शान्तिसुरक्षाको जिम्मेवारी लिएर त्यहीअनुसार शपथ खाएका प्रहरी नै राज्यले अवैध ठहर्‍याएको सुन तस्करीमा संलग्न हुन्छन् भने साधारण डाँकालाई के भन्ने ? साधारण डाँकाले त कुनै सङ्गठनका तर्फबाट कानूनविपरीत काम गर्दिनँ भनेर शपथ खाएको पनि हुँदैन । कतिपय डाँका÷लुटेरा बाध्यताले त्यस्तो व्यवसायमा लाग्ने गरेको गुनासो पनि पाइन्छ । त्यसो हुँदा यस्ता अवैध क्रियाकलापमा संलग्न व्यक्तिलाई राज्यका तर्फबाट दिइने सजायभन्दा प्रहरी वा अरू कुनै सरकारी पेशामा आबद्ध व्यक्तिलाई दिइने सजाय दोब्बर बनाइनुपर्छ । सरकारको ढुकुटीको रकम तलबभत्ता स्वरूप दिने भनेको उनीहरूको घरपरिवार पाल्न नै हो । तर, उनीहरू त्यतिमा मात्र सीमित नभई तस्करीमा संलग्न हुन्छन् भने उनीहरूलाई राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता नै पर्दैन । त्यस्ता राज्यले अवैध ठहर्‍याएको गतिविधिमा संलग्न हुने व्यक्तिलाई त मृत्युदण्ड नै दिँदा पनि कम नै ठहरिन्छ । हामीकहाँ मृत्युदण्डको व्यवस्था नभएकाले पनि त्यस्ता गतिविधिमा संलग्न हुनेलाई हौसला मिलेको हो कि भन्ने धेरैको भनाइ छ । त्यसो हो भने कानूनमा नै संशोधन गरेर भए राष्ट्रघातीलाई मृत्युदण्ड दिन व्यवस्था गर्नु उचित हुन्छ । यसले गर्दा अर्को कुनै प्रहरी वा सरकारी कार्यालयका कर्मचारीले अवैध क्रियाकलाप गर्ने आँट गर्नै सक्दैनन् ।

प्रकाश पुडासैनी
स्वयम्भू, काठमाडौं ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »