पाठक विचार

२०७३-१२-२७ मा प्रकाशित     ४२५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मुलुक आर्थिक विकासमा फड्को मार्न लागेको भन्दै सरकारका मन्त्री तथा राजनीतिक दलका नेताहरू भाषण गर्छन् । हरेक दलका नेताको भाषणमा अर्को पार्टीलाई गाली गर्नेबाहेक आर्थिक विकासका कुरा उस्तै हुन्छन् । यसले अब साँच्चै मुलुकले आर्थिक प्रगति गर्न लागेको छ भन्ने भाव जनतामा परेको छ । तर, मुलुकको आर्थिक विकास राजनीतिक दलका मुखमा मात्र सीमित भएको देखिन्छ, व्यवहारमा देखिँदैन । मुलुकबाट गरीबी निवारण गर्ने भन्दै स्थापना भएको गरीबी निवारण मन्त्रालय आफै गरीब भएको समाचारले त झन् नेताले गरेका कुरा लाज छोप्ने भाषण मात्र हुन् भन्ने स्पष्ट हुन्छ ।

नेपालको गरीबी निवारण गर्न भनेर सहकारी तथा गरीबी निवारण मन्त्रालय स्थापना भएको धेरै वर्ष भएको छैन । तर, मन्त्रालयको गतिविधि सञ्चालन तथा गरीबी निवारण कार्यक्रमका लागि बजेट कम भएको भन्दै स्वयं मन्त्री चित्त दुखाउँदै हिँडेका छन् । मन्त्रालय स्थापना गरेपछि अरू मन्त्रालयको तुलनामा बजेट विनियोजन गर्नु सरकारको कर्तव्य हो । त्यसो नगर्ने हो भने मन्त्रालयको सङ्ख्या बढाउने मात्र काम गरेर कुनै अर्थ नै रहँदैन । हुन त गरीबी ग्रामीण क्षेत्रमा मात्र होइन, शहरी क्षेत्रमा पनि छ । सही अर्थमा आर्थिक रूपले गरीबीको अवस्थामा रहेका जनताको समग्र उन्नतिका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्नु सरकार तथा मन्त्रालयअन्तर्गतका कार्यालयको काम हो । तर, अहिले बजेटको अभावमा कार्यक्रम सञ्चालन गर्न नसकिएको मन्त्रीको गुनासो छ । यदि आवश्यक कार्यक्रम नै सञ्चालन गर्न नसक्ने हो भने त्यो मन्त्रालयको औचित्य नै के रहन्छ र ? मन्त्रीले पनि बजेट निकासा गर्न नसक्ने हो भने त्यो मन्त्रालय संहालेर बस्नुको अर्थ के रहन्छ र ? बरु त्यस्ता नाम मात्रका मन्त्रालय राखेर सरकारी बजेट दुरुपयोग गर्नुभन्दा त्यहाँ हुने खर्च कुनै दुर्गम क्षेत्रका साँच्चै गरीबलाई दिनु बढी प्रभावकारी हुन्छ । होइन भने सम्बन्धित मन्त्रालयका मन्त्री तथा कर्मचारीलाई नै गरीब भनेर सहुलियत दिएसरह भएन र ?

शिवगोपाल पौडेल
स्युचाटार, काठमाडौं ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »