घर संसार

२०७४-०१-१ मा प्रकाशित     ८१८ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

‘उज्यालो काठमाडौं’ कार्यक्रम ल्याउँदै कामपा

काठमाडौं (अस)। काठमाडौं महानगरपालिकाले एउटै सडक खण्ड तथा गल्लीमा बनेका घरहरूमा एकै प्रकारको रङ लगाउन प्रोत्साहान गर्ने ‘उज्यालो काठमाडौं’ कार्यक्रम ल्याउने भएको छ । महानगरपालिकामा तत्काल सुधारका कार्ययोजना सार्वजनिक गर्दै नवनियुक्त कार्यकारी प्रमुख ईश्वरराज पौडेलले उक्त ‘रङ योजना’ सार्वजनिक गरेका हुन् । सडकबाट देखिने घरका अगाडिको भागमा प्लाष्टर र रङरोगन गर्न लगाउने महानगरको योजना छ । यो योजना कार्यान्वयनसँगै महानगर उज्यालो हुने पौडेलले बताए । सडकमा परेका घरहरूलाई एउटै रङ तथा प्लाष्टर गर्न लाग्ने खर्च सम्बन्धित घरधनीले नै बेहोर्नुपर्ने हुन्छ । सौर्य बत्तीको खर्च भने महानगरले बेहोर्नेछ ।

योजनाअन्तर्गत निजी घर तथा व्यापारिक भवनका अगाडि अनिवार्य रूपमा फोकस लाइट राख्नुपर्ने हुन्छ । अहिले महानगरपालिका क्षेत्रभित्रका सबैजसो घरहरू भाडामा छन् । भाडामा भएकाले राति फोकस लाइट नबाल्ने गरेको महानगरपालिकाले जानकारी दिएको छ । महानगरका मुख्यमुख्य सडक र पार्कहरूमा सौर्य बत्ती जडान गरी रातमा पनि उज्यालो तथा सुन्दर बनाइराख्ने योजना रहेको महानगरपालिकाले जानकारी दिएको छ । हाल महानगरमा २२ सय सौर्य बत्ती जडान भइसकेको कार्यकारी प्रमुख पौडेलले बताए । महानगरमा अहिले निर्माणका काम हुँदा धूलो र प्रदूषण बढेको छ । निर्माण सकिएर धूलो, धूवाँ कम भएपछि बत्ती थप्ने कामलाई निरन्तरता दिइने कामपाले बताएको छ । काठमाडौंका सडकमा ५ वर्षभित्र ५० हजार सौर्य बत्ती जडान गर्ने लक्ष्य महानगरको रहेको पौडेलले जानकारी दिए ।

महानगरको योजना कार्यान्वयन भए विकासको कोशेढुङ्गा सावित हुने शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख उत्तरकुमार रेग्मीको भनाइ छ । ‘महानगरपालिकाका योजना राम्रा भए पनि कार्यान्वयन हुन नसक्दा कागजमै सीमित हुने गरेका छन्,’ उनले भने । महानगरको योजनाले पूर्णता पाए काठमाडौं साँच्चै नै मनोहर, हेर्न लायक र शहरी सौन्दर्य कायम गर्न उदाहरणीय सिद्घ हुने घरजग्गा एजेण्ट सङ्घ नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेलले बताए ।


#  
kul bahadur thapa लेख्नुहुन्छ

ramro plan ho. kathmandu ujyalo hunu sundar hunu banaunu ramro kura ho. sake ta ajhai farak galli areama farak pahichan dine ekruptaka bhawan building lagayatka aru kuraharu pani rakhna sake ramro ho. banaiyeko ujyalo kathmandulai dhulole xopema byarthako kam hunasakxa tyesaile kathmanduko sadak kinarko samet baluwa ra mato samet bhataudai januparxa ra feri dhulo nahune byawastha lyaunuparxa. teso garematra sanchai ujyalo katkhmandu hunxa.

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »