लगानी

२०७४-०१-३ मा प्रकाशित     ३१२२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

तीन कम्पनी हकप्रद शेयर निष्कासनको लागि पुगे धितोपत्र बोर्ड, कुन कम्पनीले कति कित्ता शेयर खुला गर्ने?

वैशाख ३, काठमाडौं(अस) । तीन कम्पनीले हकप्रद शेयर निष्कासनको लागि चैत २९ गते धितोपत्र बोर्ड (सेबोनमा) निवेदन दिएका छन् । हकप्रद शेयर ल्याउने कम्पनीमध्ये यूनाईटेड फाइनान्स, सिद्धार्थ बैङ्क लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेड रहेका छन् । सो मध्ये यूनाइटेड फाइनान्सले ५ बराबर १ अनुपातमा (५ः१) रू. एक सय अङ्कित दरको १३ लाख ४५ हजार ४ सय १० दशमलव ९५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ । त्यसैगरी, सिद्धार्थ बैङ्क लिमिटेडले १० बराबर ३ (१०ः३) अनुपातमा रू. एक सय अङ्कित दरको १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलव १३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बैङ्कको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले १ बराबर १ (१ः१) अनुपातमा रू. एक सय अङ्कित दरको ३९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।बैङ्कको  विक्री प्रबन्धकको रूपमा सिबिआएल क्यापिटल लिमिटेड रहेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »