लगानी

२०७४-०१-४ मा प्रकाशित     ३९४५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, ४ वैशाख २०७४)

प्रमुख गतिविधि
चैत ३१ मा सम्पन्न बैङ्कको सम्पन्न छैटौं वार्षिक साधारणसभाले बैङ्कले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर प्रदान गरेको छ ।

८ अर्ब पूँजी पुर्‍याउन दुई विकास बैङ्क क्रमशः इन्नोभेटिभ डेभलपमेण्ट बैङ्क र अरनिको डेभलपमेण्ट बैङ्कलाई प्राप्ति (एक्वायर) गर्ने सैद्धान्तिक सहमति गरिसकेको बैङ्कले सगरमाथा फाइनान्स र अल्पाइन डेभलपमेण्ट बैङ्कलाई प्राप्ति गर्ने सम्झौता गरेको छ ।

इन्नोभेटिभ डेभलपमेण्ट बैङ्क र अरनिको डेभलपमेण्ट बैङ्कलाई प्राप्तिपछि बैङ्कले फेरि ४० प्रतिशत हकप्रद शेयर जारी गर्दै छ ।

बैङ्कले यसै साधारणसभाबाट बैदेशिक रननीतिक साझेदार भित्र्याउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेडको खुद नाफा २२ करोड ३९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा करीब ३९ प्रतिशत वृद्धि हो । यही समयमा पूँजी ७४ प्रतिशत वृद्धि भई ३ अर्ब ६८ करोड पुगेको छ ।
  • खुद नाफा वृद्धि भए तापनि बैङ्कले प्रतिशेयर आम्दानी भने सन्तुलनमा राख्न सकेको छैन । बैङ्कको प्रतिशेयर आम्दानी २० प्रतिशत घटेको छ ।
  • बैङ्कको जगेडा कोषमा भने ८४ प्रतिशत वृद्धि भएको छ । कोषमा ८३ करोड ५९ लाख रुपैया रहेको छ ।
  • कर्जा प्रवाहमा कम्पनी केही आक्रामक हिसाबले अघि बढेको देखिन्छ । निक्षेप ३६ प्रतिशत वृद्धि भयो भने कर्जा प्रवाह भने करीब ३९ प्रतिशत वृद्धि भएको पाइन्छ ।  
  • बैङ्कको सीसीडी रेशियो ७८ दशमलव २८ प्रतिशत रहेको छ, जुन राष्ट्र बैङ्कले तोकेको ८० प्रतिशतको थ्रेसहोल्ड नजिकै हो । थप निक्षेप सङ्कलन गर्न नसकिएको अवस्थामा थप कर्जा प्रवाह र व्यापार विस्तार गर्न गाह्रो हुने देखिन्छ । त्यसैले, बैङ्कले १२ प्रतिशत ब्याजदरमा निक्षेप सङ्कलन गरिरहेको छ भने बचत खातामै ८ प्रतिशत ब्याज दिँदैै आएको छ ।
  • कम्पनीको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी ३२ प्रतिशत वृद्धि भएको छ । बैङ्कले ५१ करोड ६० लाख खुद ब्याज आम्दानीबापत कमाउन सफल भएको छ ।
  • कम्पनीले ८ करोड १५ लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट ३ करोड १५ रकम फिर्ता गरेको छ । त्यस्तै, बैङ्कले निष्क्रिय कर्जाका लागि २७१ दशमलव २९ प्रतिशत रकम प्रोभिजन गरेको छ ।
  • कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १२२ दशमलव ६६ प्रतिशत, पूँजी कोष लागत ५ दशमलव ३६ प्रतिशत, मूल्य आम्दानी अनुपात २७ दशमलव ५१ गुणा, ब्याज स्प्रेड दर ३ दशमलव ९६ प्रतिशत, निष्क्रिय कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको छ ।

निष्कर्ष
हकप्रद र बोनस शेयरले गर्दा कम्पनीले आफ्नो प्रतिशेयर आम्दानी भने सन्तुलनमा राख्न सकेको छैन । त्यसैले, अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा खुद नाफा वृद्धि भए पनि प्रतिशेयर आम्दानी घट्न पुगेको छ । पूँजी वृद्धिको तुलनामा निक्षेप, व्यापार वृद्धि हुन सकेको छैन । तर, अब केही राम्रा संस्थालाई गाभेको हुँदा बैङ्कलाई पूँजी वृद्धि गर्न भने केही सजिलो भएको छ ।

प्राविधिक विश्लेषण : ३८० को टेवा परीक्षण गर्ने क्रममा

प्रतिरोध २ : ४०३ । प्रतिरोध १ : ३९६ । हालको अन्तिम मूल्य : ३८१ । टेवा १ : ३८० । टेवा २ : ३७३

बजारको अवस्था
विगत २ महीनादेखि बढ्दो प्रवृत्तिमा रहेको सेञ्चुरी कमर्शियल बैङ्क २ हप्तायता भने प्रवृत्तिहीन रहेको थियो । २ हप्ताअगाडि कम्पनीको शेयरमूल्य ४ सय ३७ रुपैयाँसम्म कारोबार भएको थियो भने अहिले फेरि ३ सय ८० रुपैयाँको हारहारीमा कारोबार भइरहेको छ । आइतबार कम्पनीको शेयरमूल्य २ रुपैयाँमा कमी भएर ३ सय ८१ रुपैयाँ अर्थात् शून्य दशमलव ५२ मा बन्द भएको छ । आइतवार कम्पनीको २६ हजार ७ सय ४३ कित्ता शेयर कारोबार भएको छ ।

प्रवृत्ति विश्लेषण
वर्तमान अवस्थामा कम्पनीको शेयर ३ सय ६९ रुपैयाँदेखि ४ सय ३ रुपैयाँको मूल्य सीमाभित्र कारोबार भइरहेको छ । आउने दिनहरूमा बजारले ३ सय ६९ देखि ३ सय ८० रुपैयाँको बिन्दुहरूमा टेवाको सामना गर्ने सम्भावना प्रबल रहन्छ । यी टेवाहरू तोडेको अवस्थामा बजार अझै कमी हुन सक्ने सम्भावना रहन्छ ।

एटीआर
एटीआर सूचक प्रवृत्तिहीन रहेको हुनाले बजारमा उतारचढाव कम रहेको बुझाउँछ ।

एडीएक्स
एडीएक्स सूचक प्रवृत्तिहीन रहेको हुनाले बढ्दो प्रवृत्तिमा रहेको बजारमा केही विक्रेताको चाप आएको सङ्केत गर्छ ।

निष्कर्ष
बजार बढ्दो प्रवृत्तिमा रहेको र हालको समयमा आपूर्ति बढी रहेको हुनाले बजारमा केही जोखीम भएको छ । छोटो समयको कारोबार गर्न सही अवसरका लागि पर्खिनुपर्ने देखिन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »