प्रविधि

२०७४-०१-४ मा प्रकाशित     १५३४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

स्मार्टफोन खरीदका उपाय

स्मार्टफोन अहिले बहुउपयोगी साधनको रूपमा विकसित हुन थालेको छ । स्मार्टफोन खरीद गर्दा बुद्धिमानी अपनाइएन भने आफू साथीहरूको माझ स्मार्ट नहुने मात्रै होइन, पछुताउनुपर्ने पनि हुन सक्छ । महँगो र आकर्षक हुँदैमा आफूलाई चाहिनेजस्तो सुविधा मोबाइलमा नहुन सक्छ । त्यसैले, यसतर्फ खरीदकर्ता सजग हुनु जरुरी छ ।

स्मार्टफोन खरीद गर्ने सोच बनाइरहँदा यसमा के–कस्ता फिचर्स तथा विशेषतालाई महत्त्व दिने भन्नेबारे पहिले नै योजना बनाउनुपर्छ । बजारमा उपलब्ध कुनै मोबाइलको विशेषता आफू अनुकूलको हो कि होइन, त्यो बुझ्नुपर्छ । मोबाइलको विशेषता कसैका लागि बढी महत्त्वपूर्ण हुन्छन्, कसैका लागि भने फोनले उपलब्ध गराउने ब्याट्रीको लाइफ ।

ब्याट्री लाइफ राम्रो भएमा फोनको स्क्रिनमा लामो समयसम्म भिडियो, तस्वीर तथा सङ्गीतको समेत मज्जा लिन सकिन्छ । त्यसैगरी कसैका लागि फोनमा जडान गरिएकोे स्क्रिनको रेजोल्युशन क्षमता वा यसमा प्रयोग गरिएको प्रोशेसरको महत्त्व अधिक हुने गर्छ ।

भिडियो, चलचित्रलगायत हेर्नका लागि हो भने उच्च रेजोल्युशन भएको स्मार्टफोन उपयुक्त हुन सक्छ । फोनको स्क्रिनमा जति धेरै पिक्सेल डेन्सिटी हुन्छ, भिडियोका लागि ती त्यति नै उपयोगी हुन्छ । पिक्सेल डेन्सिटीलाई डक्ट प्रतिइञ्च अर्थात् डीपीआईको एकाइमा मापन गरिन्छ । यो जति धेरै हुन्छ, फोनको स्क्रिनमा प्रस्तुत हुने भिडियो पनि त्यति नै उच्च गुणस्तरको हुने गर्छ ।

साधारण स्मार्टफोन खरीद गर्दै हुनुहुन्छ भने स्क्रिनको डीपीआई २ सय ५० को नजिक भएमा राम्रो मानिन्छ । स्मार्टफोनका लागि धेरै नै रकम खर्च गर्दैै हुनुहुन्छ भने ४ सय डीपीआईभन्दा न्यून रेजोल्युशन भएको छनोट गर्नु व्यर्थ हुन सक्छ ।

फोनकलका लागि बढी प्रयोग गर्ने हो भने ब्याट्रीको लाइफ हेरेर खरीद स्मार्टफोन गनु राम्रो हुन्छ । अहिले ५ हजार मिल एम्पियर आवर अर्थात् एमएएच क्षमताका ब्याट्रीयुक्त स्मार्टफोन उपलब्ध हुन थालेका छन् ।

विभिन्न लोकप्रिय ब्राण्डले समेत यस्ता क्षमता भएको स्मार्टफोन बजारमा सार्वजनिक गरिरहेका छन् । तर, यस्ता स्मार्टफोन साधारणका तुलनामा केही महँगा भने अवश्य छन् । ब्याट्री लाइफले स्मार्टफोनको संसारमा महŒवपूर्ण स्थानसमेत पाएको छ । यसैगरी अहिले दु्रत गतिमा चार्ज हुने स्मार्टफोन पनि आइसकेको हुनाले हतारमा हुनेका लागि यस्तो सुविधा भएको नै बढी लाभदायी हुन्छ ।

तस्वीर र भिडियो खिच्न बढी प्रयोग गर्ने हो भने राम्रो क्यामेरा भएको स्मार्टफोन खरीद गर्नुपर्छ । त्यसैले, फोनमा रहेका क्यामेरा र तिनको क्षमताबारे पहिले नै जानकारी लिनुपर्छ । अधिकांश प्रयोगकर्ता निर्माताले फोनको क्यामेराको पिक्सेलका बारेमा दिएको जानकारीका आधारमा उक्त फोन आफूलाई उपयुक्त भए÷नभएको मापन गर्छन् । तर, यसो गर्नु क्यामेरामा रहेको लेन्सको क्षमता मापनका लागि पर्याप्त भने अवश्य छैन । त्यसैले, स्मार्टफोनको खरीद गर्दा यसलाई पहिलो महत्त्व नभई सेकेण्डरी अप्शनका रूपमा लिन राम्रो हुन्छ । पिक्सेलका साथै फोनको क्यामेराका लागि प्रस्तुत गरिएका अन्य फिचर्स, जस्तै– वाइड एङ्गल लेन्सलगायतमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ ।

फोनमा उपलब्ध क्यामेराको माध्यमबाट भिडियो खिच्न क्यामेराको रेजोल्युशन कम्तीमा पनि १ हजार ८० हुनु आवश्यक छ । त्यस्तै, र्‍याण्डम एक्सेस मेमोरी वा र्‍याम पनि स्मार्टफोनको छनोट गर्दा ध्यान दिनुपर्ने महŒवपूर्ण विषय हो । यो राम्रो भएमा फोनको कार्य क्षमता तीव्र हुन्छ । धेरै र्‍याम भएका स्मार्टफोनको खरीद गर्दा स्क्रिनमा टच गरेपश्चात् लामो समयसम्म कुर्नुपर्ने, फोन ह्याङ हुनेलगायत समस्याबाट बच्न सकिन्छ ।

कीबोर्ड, केही एप तथा होम स्क्रिनलगायत सधैं र्‍याममा स्टोर गरिएका हुन्छन् । आवश्यकता परेका बेला तिनमा तुरन्त एक्सेस गर्न सकियोस् भनेर यसो गरिएको हुन्छ । स्मार्टफोनको माध्यमबाट मल्टी–टास्किङ गर्नुपर्ने वा एकैपटक धेरै एप वा प्रोग्राम चलाउनुपर्ने भएमा फोनमा जति धेरै र्‍याम हुन्छ, त्यति नै राम्रो मानिन्छ ।

आजभोलि बजारमा उपलब्ध स्मार्टफोनमा २ गिगाबाइट र्‍यामभन्दा कम क्षमताका भएमा ती खासै उपयोगी हुँदैनन् । तिनले अहिले उपलब्ध सफ्टवेयर तथा एप्स चलाउन पनि पर्याप्त नहुन सक्छन् । त्यसैले, आफ्नो बजेटमा जति धेरै र्‍याम क्षमताका स्मार्टफोन खरीद गर्न सकिन्छ, त्यस्तो खरीद गर्नु बुद्धिमानी मानिन्छ । सबै कुरा मोबाइल फोनमै नअट्ने भएकाले ओटीजी पेनड्राइभ सपोर्ट गर्ने हो कि होइन भन्ने हेर्नुपर्छ । ओटीजी सपोर्ट गर्ने, एक्सटर्नल किबोर्ड सपोर्ट गर्ने र माउस पनि सपोर्ट गर्ने स्मार्टफोनलाई प्रयोगकर्तालाई झनै स्मार्ट बनाउँछ ।

वाईफाई, ब्लुटुथ स्पिडलगायतको पनि ख्याल गरेर मोबाइल किन्नु राम्रो हुन्छ । अहिलेको एलटीई प्रविधि फोरजी सपोर्ट नगर्ने पर्‍यो भने साथीहरूमाझ लाज नै हुन सक्छ । त्यसैले, यसतर्फ पनि सजग हुनुपर्छ । मोबाइलमा कम्तिमा ३२ जीबी इण्टरनल मेमोरी हुनु पनि अहिलेको आवश्यकता भइसकेको छ । स्क्रिन पनि एचडी क्वालिटीको आइसकेकाले बजेटअनुसार यसबारे निक्र्योल गर्नुपर्छ ।

प्रस्तुति : पूर्णभक्त दुवाल


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »