समाचार

२०७४-०१-४ मा प्रकाशित     ३४९४ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

मतदाता नामावलीको अन्तिम विवरण सार्वजनिक, नाम नहुनेले भोट हाल्न नपाउने (नामावलीसहित)

वैशाख ४, काठमाडौं (अस) । २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएका एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताहरुको अन्तिम नामावली निर्वाचन आयोगले आफ्नो वेवसाइटमा अपडेट गरेको छ । वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनका लागि उक्त नामावलीमा फोटोसहित नाम दर्ता भएका मतदाताले मात्र मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन आयोगले बताएको छ ।

यस अघि आयोगले पूरानो स्थानीय निकाय अन्तर्गत जिल्ला, नगरपालिका, गाविसको आधारमा नाम राखेकोमा आइतबारबाट नामावली अद्यावधिक गर्दै ७५ जिल्ला र ७ सय ४४ स्थानीय तह अनुसार विवरण राखेको छ । आयोगले ७ सय ४४ स्थानीय तहका एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको विवरणलाई वेवसाइटमा अपडेट गरि राखिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । आगामी निर्वाचनमा आफूले भोट हाल्न पाउने कि नपाउने भनेर परिक्षण गर्न उक्त नामावलीमा आफ्नो विवरण दर्ता भएको नभएको हेर्न सकिने उनले बताए ।  

मतदाताले आयोगको वेवसाइटमा आफ्नो जिल्ला, स्थानीय तहको नाम र वडा नंको विवरण राखेपछि नामको पहिलो अक्षरअनुसार आफ्नो नाम दर्ता भए नभएको हेर्न सक्नेछन् । नाम भएकाहरुले उक्त नाममा क्लिक गरेर आउने विवरणमा जन्म मिति राखेर फोटो सहित आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । 

आयोग परिसरमै छपाई भइरहेको मतदाताहरुको फोटोसहितको मतदाता परिचयपत्रको छपाइ कार्य पनि सोमबारसम्ममा ६० जिल्लाको सम्पन्न भइसकेको छ । आयोगले छापिएका मतदाता परिचयपत्र आफ्नो मतदान केन्द्रबाट वैशाख २८ गतेबाट पाउने गरि वितरण गर्ने तयारी गरेको छ । मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । 

मतदाता नामावलीमा नाम रहेको/नरहेको हेर्न यहाँ क्लिक गर्नुहोस :- 

 


#  
कृष्ण प्रसाद घिमिरे लेख्नुहुन्छ

मतदता नामावलीमा नाम छुटेकाहरुले समयमै व्यापक प्रचार प्रसार नहूँदा थाहा नपाई निर्वाचन प्रक्रियामा भाग लिनबाट वन्चित हुनु परेको छ। समय दिएर व्यापक प्रचार प्रसार गरेको भए कुनै पनि नागरिकले मतदानबाट बन्चित हुनु पर्दैनथ्यो।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »