यातायात

२०७४-०१-५ मा प्रकाशित     ६८५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

टाटा टियागो

टाटा टियागो सन् २०१७ कै डाइनामिक स्पोर्टी ह्याचब्याक कार सावित भएको छ । सो कारले सीएनबीसी–टीभी १८ ओभरड्राइभ अवार्ड २०१७ मा ‘कम्प्याक्ट कार अफ द इयर’ पनि प्राप्त गरेको छ । त्यसैगरी, अटो पोर्टल बेष्ट कार अवार्ड २०१७ मा ‘बेष्ट ह्याचब्याक अफ द इयर’ र एनडीटीभी कार एण्ड बाइक अवार्ड २०१७ मा ‘इण्ट्री ह्याचब्याक अफ द इयर’ अवार्ड हात पार्न सफल भएको छ ।

नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ डाइनामिक्स उत्कृष्ट खालको रहेको छ । अत्याधुनिक डिजाइनसहितको टाटा टियागोमा आकर्षक बडी विथ शार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिलजस्ता विशेषता रहेका छन् । टाटा टियागोले अत्याधुनिक इण्टेरियरको समेत प्रतिनिधित्व गर्छ ।

भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सको नेपालका लागि  आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नयाँ स्पोर्टी ह्याचब्याक टाटा टियागो कार बजारमा ल्याएसँगै त्यसप्रति आकर्षण बढेको छ ।

यसको बजारमूल्य २३ लाखको हाराहारीमा राखिएको छ ।  टाटा टियागोको सुरक्षित विशेषताअन्तर्गत फ्रण्ट एयरब्याग, नवौं जेनेरेशनको अत्याधुनिक एबीए र ईबीडी कर्नर स्टेबिलिटी कण्ट्रोल, इन्फोटेनमेण्टमा डिस्प्लेसहित रियर पार्किङ सेन्सर, अत्याधिक सुरक्षाका लागि इनर्जी अबजर्भिङ बडी बनावट रहेको छ ।

टाटा टियागो कारमा ४ वर्षको वारेण्टी वा ७५ हजार किलोमिटरको वारेण्टी रहेको छ ।  एक्सई, एक्सएम र एक्सजेट भेरियण्टमा उपलब्ध उक्त कार ६ ओटा आकर्षक रङ स्ट्राइकर ब्लू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेण्ट ह्वाइट र प्लाटिनम सिल्भरमा रहेका छन् ।

यसमा अन रोड पर्फर्मेन्सका लागि नयाँ रिभोटर्न १.२ लिटर पेट्रोल इञ्जिन राखिएको छ । एआरआई फ्युल क्षमता प्रमाणित सर्टिफिकेट पनि यसको विशेषता हो । आधुनिक प्रविधिको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्युल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङको अनुभव प्रदान गर्न सक्ने बताइएको छ ।

अन्य विशेषता
स्ट्राइकर ब्लू, बेरी रेड, सनब्रष्ट अरेञ्ज, एस्प्रेसो ब्राउन, पर्लसेण्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध । नयाँ जेनेरेशन,  एचएआरएमएएन प्रविधिको  कनेक्टनेक्ष्ट  इन्फोटेनमेण्ट सिष्टम ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »