यातायात

२०७४-०१-५ मा प्रकाशित     ८५८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

बीएमडब्ल्यूको हाइड्रोजन कार

बीएमडब्ल्यू कम्पनीले हाइड्रोजनबाट चल्नेगरी सुपर कारको विकास गरेको छ । बीएमडब्ल्यू समूहले फ्रान्सको आफ्नै टेष्टिङ ग्राउण्डमा यो कारको प्रदर्शन गरिसकेको छ । उक्त कारमा अत्याधुनिक प्राविधिक विशेषता रहेको छ ।

कारमा बीएमडब्ल्यू एमफोर इञ्जिनको प्रयोग गरिएको छ । हाइड्रोजनको आईएट प्रोटोटाइप पहिलोपटक सन् २०१२ मा निर्माण गरिएको थियो । बीएमडब्ल्यूले टोयोटासँग साझेदारी गर्दै आईएटको पहिलो परीक्षणसमेत गरेको थियो । आईएट प्लेटफर्ममा तयार गरिएको यो कारमा कार्बन फाइबर र अन्य लाइट वेट (हल्का वजन) मेटरियलको प्रयोग गरिएको छ ।

आईएट टेष्ट कारको मध्य भागमा ट्याङ्की राखिएको छ । यसको सहायताबाट करीब ३ सय माइल अर्थात् ४ सय ८० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । कारको इञ्जिनमा रहेको फ्युलसेलमा हाइड्रोजन इन्धनको आपूर्ति हुँदा कार सञ्चालनमा आउँछ । टोयोटासँगको साझेदारीमा विकास गरिएको यो इन्धनले २ सय ६८ बीएचपीसम्मको शक्ति दिने क्षमता राख्छ । कारले ६ सेकेण्डको अन्तरालमै शून्यबाट ६२ माइल प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति क्षमता १ सय २४ माइल प्रतिघण्टा अर्थात् २ सय किलोमिटर प्रतिघण्टा छ ।

दुई ठूला कार निर्माताको सहकार्यमा यसको निर्माण सन् २०१२ मै भएको थियो । त्यसैले, कारमा उपलब्ध प्रविधि भने ५ वर्ष नै पुरानो भइसकेको छ । बीएमडब्ल्यूका अनुसार कारको निर्माण लामो यात्रालाई विशेष ध्यानमा राखी गरिएको हो । तर, हाइड्रोजन आईएट कारभन्दा पहिले हाइड्रोजनबाटै सञ्चालित हुने फाइभ सिरिजको कार सार्वजनिक हुने सम्भावना रहेको छ । अत्यन्त प्रभावकारी हुने बताइएको यो कारमा टर्बो चाज्र्ड कम्बशन इञ्जिनका साथै प्लग हाइब्रिड ब्याट्रीको प्रयोग गरिन्छ । (एजेन्सी)


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »