यातायात

२०७४-०१-५ मा प्रकाशित     ५६६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

काठमाडौं । स्थानीय तह निर्वाचनको घोषणापछि कर्मचारी अन्यत्र व्यस्त हुनुपरेको कारण देखाउँदै भूकम्पपीडितले गोलाप्रथाबाट पाउने ट्याक्सी सञ्चालनको अनुमति पछि सारिएको छ ।

१५ सय भूकम्पपीडितलाई गोलाप्रथाबाट काठमाडौंमा ट्याक्सी सञ्चालन गर्न दिने भनेर यातायात व्यवस्था विभागले आवेदन माग गरेको थियो । देशभरका गाउँगाउँबाट आएका भूकम्पपीडितले बिहान ४ बजेदेखि नै लाइन बसेर सय रुपैयाँ तिरेर आवेदन भरेका थिए ।

ट्याक्सी सञ्चालनको अनुमति पाएमा नियमित आम्दानी हुने सोच्दै भूकम्पपीडितहरू विगत ८ महीनादेखि चिठ्ठा खोलिने आशमा बसेका थिए । निर्वाचनका कारण आवश्यक तयारी गर्न नसक्ने भन्दै जेठ १३, १४ र १५ गते मात्र गोलाप्रथाबाट ‘भाग्यशाली’ भूकम्पपीडित छान्ने निर्णय यातायात व्यवस्था विभागले गरेको छ ।

सरकारले भूकम्प प्रभावित १४ जिल्लाका बासिन्दालाई काठमाडौंमा ट्याक्सी चलाउन अनुमति दिने निर्णय गरेको थियो । भूकम्पपीडितलाई ट्याक्सी सञ्चालन अनुमतिको आवेदन खुला गर्दा १ लाख ४८ हजारले आवेदन दिएका थिए ।  

विभागले गत फागुनमै सम्पूर्ण आवेदकको पुस्तिका प्रकाशन गरेर सम्बन्धित जिल्लामा पठाएको छ । आवेदकले सम्बन्धित जिल्लामा आफ्नो नाम परेको वा नपरेको हेरेर, गल्ती भएका ठाउँमा सच्याएर पठाएकोलाई समेटेर पुस्तिका प्रकाशनसमेत गरिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »