यातायात

२०७४-०१-५ मा प्रकाशित     ८५० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अब ड्राइभरविनाको यात्रा

स्वचालित कार बढी सुरक्षित

चालकरहित स्वचालित कारहरू तुलनात्मक रूपमा सुरक्षित हुने भएका छन् । कुनै मेहनतविना आरामदायी यात्राका लागि यी कार निकै उपयोगी हुने बताइएको छ । टेष्ट ड्राइभिङ भए पनि अहिलेसम्म यसलाई पूर्णरूपमा सडकमा गुडाउन भने थालिएको छैन । यद्यपि, स्वचालित सवारीले मानव जीवनमा उल्लेख्य सहजता ल्याउने भने निश्चित छ ।

प्रोग्रामिङबाट चल्ने
स्वचालित सवारीलाई प्रोग्रामिङ गर्न सकिनेगरी विकास गरिएको छ । कमाण्ड दिएपश्चात् यसले रोबोटले झै काम गर्ने क्षमता राख्छ । सामान लिन जाने तथा पुर्‍याउने कार्यमा आफै जानुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ । यसले गर्दा बालबच्चालाई विद्यालयबाट घर ल्याउन विद्यालयसम्म अभिभावक पुग्नुपर्ने बाध्यता रहनेछैन । समय र स्थान तोकेर कमाण्ड दिएपछि कार आफै त्यहाँ पुगेर बच्चालाई सुरक्षित तरीकाले घरसम्म लिएर आउने वा घरबाट विद्यालय पु¥याउन प्रयोगमा ल्याउन सकिन्छ । यसका प्रयोगकर्तालाई इन्धनका लागि लाममा बस्नुपर्ने झन्झटसमेत रहन्न । साथै, कार पार्क गरिरहेको अवस्थामा ताररहित प्रविधिको सहायताले आफै चार्जसमेत हुने बताइएको छ ।

पार्किङ समस्या नहुने
स्वचालित कारका प्रयोगकर्तालाई पार्किङको समस्याबाट समेत मुक्ति मिल्ने भएको छ । किनभने, यी कारमा जडित प्रविधिले प्रयोगकर्तालाई तिनको निर्धारित गन्तव्यमा पुर्‍याएपछि स्वचालित रूपमा उपयुक्त पार्किङ स्थानको छनोट गर्न सक्छ । उपयुक्त स्थान खोजी आफै पार्क गर्ने क्षमता स्वचालित कारमा हुने भएकाले सजिलो हुनेछ । त्यहाँ पर्याप्त पार्किङ स्थान नभएमा नजिकै रहेको अन्य पार्किङका बारेमा समेत यसले जानकारी बटुलेर पार्किङका लागि स्वचालित रूपमा त्यहाँ पुग्न सक्छन् । साथै, प्रयोगकर्ताले फर्किने समयमा आवश्यकताअनुसार कारलाई बोलाएर फर्किन पनि सक्छन् । साथै, तिनको प्रयोग गर्दा अहिलेका कारका तुलनामा पार्किङमा धेरै कारसमेत अटाउन सकिन्छ । चालकका तुलनामा स्वचालित कारले अझ कम स्पेसमा कार पार्किङ गर्ने क्षमता राख्छ ।

ट्राफिक व्यवस्थित हुने
स्वचालित कारको सङ्ख्या बढ्दै जाँदा ट्राफिक थप व्यवस्थित हुने भएको छ । विद्युतीय सवारी भएकाले यसले प्रदूषण न्यूनीकरणमा समेत प्रत्यक्ष योगदान दिन्छ । यसले गर्दा शहरका बाटामा पैदल यात्रा गर्नु थप सहज र सुरक्षित हुनेछ । फलस्वरूप पैदल यात्रालाई थप प्रोत्साहन मिल्ने निश्चित छ । स्वच्छ वातावरणमा पैदल यात्रा गर्दा स्थानीय जनताको स्वास्थ्यमा उल्लेख्य सुधार देख्न सकिनेछ । यसले देशकै स्वास्थ्यका लागि हुने खर्चमा कटौती ल्याएर समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने अनुमान गर्न सकिन्छ । साथै, मन लागुन्जेल हिँड्न सकिने र थाकेपछि कारलाई आफू भएकै स्थानमा बोलाउन समेत सकिन्छ । यसले मानिसलाई निर्धक्क भई मन लागेको स्थानमा पैदल यात्रा गर्न प्रत्यक्ष प्रोत्साहन मिल्नेछ ।

कामका लागि अतिरिक्त समय
यात्रा गरिरहेकै समयमा काम गर्ने, किताब पढ्नेलगायत सुविधा स्वचालित कारमा गर्न सकिन्छ । यसो भएपछि यात्राको समय पनि मज्जाले उपयोग हुनेछ । यसले गर्दा यात्राको समय लम्बिँदा समेत मानिस चिन्तामुक्त भएर काम गर्न सक्छन् । साथै, यो थप विलासी र प्राथमिकताको विषय नबन्ला भन्न सकिन्न । लामो समयसम्म कारमै बिताउनु पर्दा पनि कामलाई निरन्तरता दिन सकिने भएकाले स्वचालित कारको उपयोगितामा थप व्यापकता आउने सजिलै अनुमान गर्न सकिन्छ । अन्यथा नभएमा स्वचालित कारले मानिसको उत्पादकत्वमा समेत भारी वृद्धि ल्याउने देखिन्छ ।

आरामको समय लम्ब्याउने छूट
स्वचालित कारमा यात्रा गर्दा कार नियन्त्रणका लागि चिन्ता लिइरहनु पर्दैन । त्यसैले, आफ्नो समग्र ध्यान सडकमा केन्द्रित गर्दा हुने थकानबाट मानिसले छूटकारा पाउन सक्छन् । तर, लामो समयसम्म यसरी यात्रा गर्दा र अफरोड आँखा डुलाइरहँदा मोशन सिकनेश अर्थात् गति सम्बन्धित रोगबाट मानिस ग्रसित हुने सम्भावना रहन्छ । यसको विकल्पका रूपमा यात्राका क्रममा सुत्ने बानी अपनाउन सकिन्छ । यसले मोशन सिकनेशबाट जोगाउनुका साथै थकान हुँदा आराम र नपुगेको निद्रा पूरा गर्ने अवसरसमेत प्राप्त गर्न सकिन्छ । स्वचालित कारले मानिसलाई आरामको अवसर प्रदान गर्दै सधैं फुर्तिलो रहन सहयोग गर्छ । स्वाभाविक रूपमा फुर्तिलो रहँदा थकानको समयका तुलनामा उत्पादकत्वमा समेत वृद्धि हुन्छ ।

स्वतन्त्र यात्रा गर्ने अवसर
बिरामी, घाउ, चोतपटकलगायत विभिन्न कारणवश मानिसहरू समय–समयमा सुरक्षित तरीकाले कार चलाउन असक्षम हुन्छन् । तर, स्वचालित सवारीले यी सबै समस्याको समाधान गर्नेछ । यसको आगमनसँगै अपाङ्गता भएका व्यक्तिहरू आत्मनिर्भर भई सवारीमा यात्रा गर्न सक्छन् । वृद्धाहरू समेत आफ्नो स्वतन्त्र रहन सहनलाई थप लम्ब्याउन सक्छन् । अत्यधिक गतिमा यात्रा गरी दुर्घटनामा पर्ने सम्भावनाका कारण अभिभावकमा हुने चिन्ताबाट समेत मुक्ति प्रदान गर्नेछ । (एजेन्सीको सहयोगमा)


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »