लगानी

२०७४-०१-५ मा प्रकाशित     २४७७ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

आइपीओ छिटोमा वैशाख २० गते र ढिलोमा जेठ ३ गते बन्द हुने

राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ आजदेखि खुला

वैशाख ५, काठमाडौं(अस) । राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार कित्ता साधारण शेयर निष्कासन  वैशाख ५ गते (आज)देखि निष्कासन खुला गर्ने भएको छ । कम्पनीले यस अघि साधारण शेयर वैशाख ४ गते खुला गर्ने भनिएकोमा सो दिन सार्वजाकि बिदा परेकाले एक दिन सारेर आजदेखि गर्ने भएको हो ।

आइपीओ छिटोमा वैशाख २० गते र ढिलोमा जेठ ३  गते बन्द हुनेछ । प्रति शेयर १ सय अङ्कित मूल्य रहेको कम्पनीको न्यूनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ता शेयर दरखास्त दिन सकिन्छ । शेयरको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङकिङ लिमिटेड रहेको छ ।   कम्पनीको प्रतिशेयर १ सयको अङ्कित दरमा ४ लाख १० हजार कित्ता लमजुङ् जिल्लाको अति प्रभावित क्षेत्र घेर्मु गाविस वडा नम्बर ५ का वासिन्दाहरुलाई २ लाख ४६ हजार कित्ता शेयर र न्यून प्रभावित क्षेत्र ताघ्रिङ गाविस मस्र्याङदी गाँउपालिका वडा नंः ४ का वासिन्दाहरुलाई १ लाख ६४ कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अति प्रभावित क्षेत्रका वासिन्दाहरुलाई ६० प्रतिशत र न्यून प्रभावित क्षेत्रका वासिन्दाहरुलाई ४० प्रतिशत विक्री गर्न लागेको हो ।
 हाल कम्पनीको अधिकृत पू“जी रू. १ अर्ब ५० करोड र जारी पूू“जी रू. ४१ करोड  रहेको छ । जारी पू“जी मध्ये रू. ३० करोड ७५ लाख संस्थापक शेयरधनीबाट चुक्ता भएको छ ।

आइपीओमा इच्छुक व्यक्तिहरुले शेयर रजिष्ट्रारका साथै नबिल बैङ्क लिमिटेड लमजुङ शाखा, ओम डेभलपमेन्ट बैङ्क लमजुङ शाखा, कैलाश विकास बैङ्क र राधी हाइड्रोपावर लमजुङबाट  आवेदन दिन तथा दरखस्त बुझाउन  सकिन्छ ।


#  
गोपालमान श्रेष्ठ लेख्नुहुन्छ

राम्रो

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »