विविध

२०७४-०१-५ मा प्रकाशित     ३०९२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

५० लाखको अक्षयकोष र जीबन बीमाको ब्यबस्था गरिदिनुपर्ने माग

प्रधानमन्त्री समक्ष फोटो पत्रकारहरुको ७ बुंदे ज्ञापन पत्र

सागर बस्नेत

वैशाख ५, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह ‘एनएफपिजे’ले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष फोटो पत्रकारहरुका लागि ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुपर्ने लगायतका ७ बुंदे ज्ञापन पत्र बुझाएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा फोटो पत्रकारहरुको समूहले आफूहरुको जीवन बीमासमेतको ब्यवस्था गर्न प्रधानमन्त्री दाहालसँग माग गरेका छन् ।  

बि.सं. २०५३ सालमा स्थापित समूहको स्थापनाको २० औं वर्षगाँठको पूर्वसन्ध्यामा उनीहरुले फोटो पत्रकारहरुको हकहितको लागि आवाज उठाएका छन् । राज्यको तर्फबाट फोटो पत्रकारहरुका लागि कुनै पनि सहयोग नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको समूहका अध्यक्ष ध्रुव आलेले बताए । फोटो पत्रकारहरुले आफ्नो ज्यानको बाजी राखेर राज्य प्रति दायित्व निभाउँदै आएपनि राज्यको तर्फबाट केहि पनि ब्यबस्था नभएको आलेले बताए । 

समूहले प्रधानमन्त्रीसमक्ष ५० लाखको अक्षयकोष स्थापना, न्यूनतम पारिश्रमिकको सुनिश्चितता, फोटो पत्रकारहरुको बीमा, राज्यको तर्फबाट हुने उच्चस्तरीय राजकीय भ्रमणमा फोटो पत्रकारहरुको सहभागिता, प्रेस पासको ब्यवस्था र विशेष योगदान पुर्याएका फोटो पत्रकारहरुलाई हरेक वर्ष सम्मानका लागि २० लाख रुपैयाँ बराबरको अनुदान दिनुपर्ने माग गरेको छ । 

समूहको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले फोटो पत्रकारहरुको माग जायज रहेकोले माग सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । समूहले वैशाख १३ गते आयोजना गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा आफू सहभागि हुने पनि उनले बताएका छन् । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »