विविध

२०७४-०१-६ मा प्रकाशित     २२१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ५, धनकुटा (अस) । घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले चालू आर्थिक वर्षमा धनकुटाका ७ सय ७८ युवालाई लघु उद्यमसम्बन्धी शीप विकास तालीम दिने भएको छ । विभिन्न ४ शीर्षकअन्तर्गत १६ देखि ४५ वर्ष उमेरका युवालाई १ हप्तादेखि ३ महीनासम्म दिइने उक्त तालीम जिल्लाका विभिन्न ३२ स्थानमा सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।

घरेलु तथा साना उद्योग विकास कार्यक्रमअन्तर्गत २ सय २०, गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत १ सय ७०, भूकम्प प्रभावितका लागि विशेष तालीमअन्तर्गत सय जना र भगत सर्वजीत शीप विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत दलित समुदायका २ सय ८८ जनालाई तालीम दिइनेछ ।

कार्यक्रमअन्तर्गत सिलाइकटाइ, हाउस वायरिङ, प्लम्बिङ, तरकारी खेती, मौरीपालन, बाख्रापालन, कम्प्युटर तालीम, सिकर्मी तथा डकर्मी तालीमलगायत एक दर्जनभन्दा बढी शीपमूलक तालीम सञ्चालनका क्रममा रहेको कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी दीपेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार उद्योग विकास कार्यक्रमअन्तर्गत १५, गरीबी निवारणका लागि ४, भूकम्प प्रभावितका लागि ५ र भगत सर्वजीत कार्यक्रमअन्तर्गत ८ स्थानबाट तालीम दिइनेछ ।

कार्यालयको चालू आवको कुल ५ करोड २० लाख ९८ हजार बजेटमध्ये शीपमूलक तालीम कार्यक्रमका लागि १ करोड ८० लाख ६८ हजार रुपैयाँ खर्च गर्ने जानकारी दिएको छ । हालसम्म ८ हजार ८ सय १२ जना व्यक्तिलाई तालीम दिएको कार्यालयका निमित्त प्रमुख सत्यनारायण राईले जानकारी दिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »