विविध

२०७४-०१-६ मा प्रकाशित     २२२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ५, इलाम । फाकफोकथुम गाउँपालिका–२ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन शुरू गरेका छन् । थापाले मिलन गाईफार्म दर्ता गरेर रू. १२ लाखको लागतमा गाईपालन व्यवसाय थालेका हुन् । पाँच माऊ गाईबाट व्यवसाय शुरू गरेका उनले यसअघि डेरी उद्योग सञ्चालन गरिसकेका छन् ।

रू. १ लाखका दरले गाई खरीद गरिएको थापाले बताए । होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध दिने गरेका छन् । विसं २०६० देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका उनले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक ३ सय ५० लिटर दूध प्रशोधन गर्छन् ।

गाईभैंसीलाई कुँडो, खोलेपानी, घाँस पराल गर्न मासिक रू. १५ हजार पारिश्रमिकमा कामदार राखिएको थापाले बताए । ‘मेहनतका साथ काम गरे विदेशमा कमाइने पैसा यहीँ आर्जन गर्न सकिन्छ,’ उनले भने । उनको डेरी उद्योगबाट उत्पादित घ्यू, छुर्पी झापाको बिर्तामोडमा विक्री हुने गरेको छ । यहाँको छुर्पी अमेरिकासम्म पुग्न थालेको उनको भनाइ छ । उत्पादित छुर्पी गाउँबाटै प्रतिकिलो रू. ८ सय र घ्यू रू. ५ सयमा विक्री हुन्छ ।

पछिल्लो समय यहाँका गाउँगाउँमा डेरी उद्योग सञ्चालनमा आएका छन् । फाकफोकथुम–२ का किशोर शर्माले पाँच माऊ गाईपालनसँगै डेरी उद्योग सञ्चालन गरेका छन् । २ वर्षदेखि दुग्ध व्यवसाय गरिरहेका उनी यो व्यवसायबाट गाउँमै मनग्गे आम्दानी गर्न सफल भएका छन् । मासिक रू. २० हजारदेखि २५ हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । जिल्ला पशुसेवा कार्यालयले व्यवसाय सञ्चालन गर्न युवाका लागि अनुदानको व्यवस्था गरेको छ । जिल्लामा दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »