विविध

२०७४-०१-६ मा प्रकाशित     ५९१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आम्दानीको गतिलो स्रोत बन्दै तरकारी खेती

वैशाख ५, दैलेख । दैलेखका ग्रामीण भेगका बासिन्दा तरकारी खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । पहिले घरायसी उपभोगका लागि मात्र परम्परागत तरकारी खेती गर्ने नौमुले गाउँपालिकाका बासिन्दा व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले घर खर्च र बालबालिकाको पढाइ खर्च जुटेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको साविक सल्लेरी–५ का कर्णबहादुर चन्द व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । मौसमी तथा बेमौसमी रूपमा उनले आलु, बन्दा, टमाटर, करेला, काँक्रा जस्ता तरकारीको खेती गरिरहेका छन् । नौमुले बजारमा तरकारीको माग उच्च भएकाले आफूले यो पेशाबाट राम्रो आम्दानी  गरेको उनले बताए । ‘पहिले घरमा खानका लागि मात्र तरकारी खेती गरेको थिएँ,’ उनले भने, ‘नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले बीउबिजन र पोखरीका लागि सहयोग गरेपछि व्यावसायिक रूपमै गर्न थालेको हुँ ।’ उक्त कार्यक्रमको सहयोगले तरकारी खेतीमा स्थानीयहरूको आकर्षण बढेको उनको भनाइ  छ ।

सल्लेरी–२ की जोखी रावत पनि हालै पोखरी निर्माण भएपछि व्यावसायिक तरकारी खेतीमा लागेकी छन् । ‘अन्य बालीभन्दा बढी आम्दानी हुने देखेर तरकारी खेतीमा लागेँ,’ उनले भनिन् ।

पहिले सो गाउँका कृषकहरू तरकारी खेती गरेर आय आर्जन हुन्छ भन्नेमा थिएनन् । १० वर्षे द्वन्द्वको चपेटामा परेको यो क्षेत्र जिल्लाकै दुर्गममा पर्छ । मगर जातिको बाहुल्य रहेको यहाँ विकासको अवस्था पनि निकै कमजोर थियो । शान्ति स्थापनासँगै गैरसरकारी सङ्घसंस्थाको समेत उपस्थिति बढेपछि स्थानीयको चेतना स्तर उठेको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले किसानलाई व्यावसायिक तरकारी खेती गर्न सिकाएको मात्र छैन, सिँचाइको समेत व्यवस्था गरिदिएको जिल्ला जलवायु परिवर्तन अधिकृत सन्तकुमार महर्जनले बताए । उनका अनुसार नौमुले–६ मा ७ लाख लगानीमा ८ हेक्टर क्षेत्रफल सिँचाइका लागि नहरकुलो निर्माण तथा मर्मत योजना हालै सम्पन्न भएको छ ।

दैलेखका ग्रामीण बस्तीहरूमा नहरकुलो, मुहान संरक्षण, सिँचाइ पाइप, पक्की पर्खाल निर्माण, सिँचाइ पोखरी, स्प्रिङकल व्यवस्थापन, थोपा सिँचाइ, प्लाष्टिक टनेल, अग्निरेखा नियन्त्रण, करेसाबारी व्यवस्थापन, बेमौसमी तरकारीखेती प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालित रहेको अधिकृत महर्जनले बताए । यी कार्यक्रमसहित कृषकको क्षमता विकासका लागि २ करोड ३० लाख खर्च गरिने उनले जानकारी दिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »