सम्पादकीय

२०७४-०१-६ मा प्रकाशित     ३२९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

उद्योग मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ को बजेटका लागि ५ प्राथमिकता सार्वजनिक गरेको छ । नेपाली युवालाई आगामी १० वर्षभित्र स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने, वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने, माइक्रो इण्टरप्राइज (लघु उद्यमी, महिला उद्यमी, युवा उद्यमी) विकास गर्ने, औद्योगिक पूर्वाधार विकास गर्ने र समावेशी आर्थिक समृद्धि प्राप्त गर्ने प्राथमिकता मन्त्रालयले प्रस्तुत गरेको हो ।

अन्तरराष्ट्रिय लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताका परियोजनाहरूमा लगानीकर्तालाई सहजतापूर्वक लगानी गर्ने वातावरण निर्माण गरिने र करीब १ खर्ब रुपैयाँ लगानी भित्रिँदा १८ हजार प्रत्यक्ष तथा ४५ हजार अप्रत्यक्ष रोजगारी सृजना गर्न सकिने अनुमान गर्दै मन्त्रालयले प्राथमिकता तोकेको देखिन्छ । लगानी सहजताका लागि प्रशासनिक अड्चन हटाएर औद्योगिक सुशासनको अनुभूति दिलाउने पनि मन्त्रालयले प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्रालयले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउने, लघु उद्यमशीलता विकास, औद्योगिक पूर्वाधार निर्माण र समावेशी आर्थिक समृद्धिलाई आफ्नो पहिलो पाँच प्राथमिकतामा समेटेको छ । यो राम्रो कुरा हो । तर, उद्योग स्थापनाका लागि जग्गाको समस्या समाधान गर्न, कच्चा पदार्थ आयात सहज बनाउन, प्रक्रियागत झन्झट हटाउन, अन्तरमन्त्रालय समन्वयलाई चुस्त बनाउन व्यवसायीले दिएको सुझावलाई मन्त्रालयले कसरी लिन्छ, त्यसले प्राथमिकताको कार्यान्वयन निर्भर गर्छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहन गरी योजनाबद्ध लगानी प्रवद्र्धन गर्ने मन्त्रालयको योजनालाई राम्रो मान्नुपर्छ । यसअघि पनि रोजगारी सृजनाका योजना ल्याइएका थिए । तर, ती योजनाअनुसार कुनै काम भएनन् । वर्तमान सरकारका उद्योगमन्त्रीले मन्त्रालय सम्हालेदेखि नै उद्योग सञ्चालन तथा रोजगारी सृजना गर्ने विभिन्न योजना ल्याएका छन् र त्यसअनुसार काम पनि भएकै हुँदा आउँदो आवका लागि तयार पारिएको प्राथमिकता केही पूरा हुने अपेक्षा गर्न सकिन्छ ।

मन्त्रालयले प्रस्तुत गरेको १० वर्षभित्र स्वदेशमै रोजगारी प्राप्त गर्ने योजना भने पूरा हुने छाँट देखिँदैन । मन्त्रालयले विभिन्न उद्योगहरूले पेश गरेको रोजगारी सृजनालाई आधार मानेर त्यस्तो योजना ल्याएको देखिन्छ । उद्योगले नै आफ्ना योजनाअनुरूप रोजगारी सृजना गर्न सक्ने अवस्था देखिँदैन । बरु कतिपय उद्योग स्थापना भएपछि आर्थिक क्रियाकलाप बढ्छ र त्यसले उद्योग बाहिर नै रोजगारीका अवसर सृजना हुन सक्छन् । ठूला उद्योग स्थापनापछि ती उद्योगमा आवश्यक पर्ने एउटै प्रकृतिका मेशिनका पार्टपुर्जा निर्माण तथा मर्मत गर्ने अर्को उद्योगको स्थापना भई सहायक (एन्सिलरी) रोजगारी सृजना हुन सक्छ । उद्योग स्थापनाका लागि जग्गा प्राप्तिको समस्या अहिले पनि कायमै छ । जग्गा पाइहाले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था छ । यसले पनि लगानीकर्तालाई आकर्षित गर्दैन । सरकारले औद्योगिक क्षेत्र तोकेर उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पारेको भए पनि त्यति प्रभावकारी बन्न सकेको छैन । औद्योगिक क्षेत्रभित्रको सरकारी जग्गा भाडामा लिने व्यवस्थाले उद्योग स्थापना सहज बन्दैन । सरकारले तोकिएको औद्योगिक क्षेत्रभित्र सडक, पानी, बिजुलीको प्रबन्ध गरिदिनुपर्छ र त्यहा“को जग्गा निजीक्षेत्रलाई नै बेच्नुपर्छ ।

अहिले निजीक्षेत्रका उद्योग, प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्ने रकम सरकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्न थालिएको छ । यस्तो व्यवस्थाले उद्योगव्यवसायीलाई एक किसिमको करका रूपमा व्ययभार थपिएको छ । त्यो कर पनि सरकारले नै खर्च गर्ने व्यवस्थाले विदेशी लगानीकर्ता आकर्षित हुँदैनन् । व्यवसायीले सीएसआरअन्तर्गत गर्ने खर्च उनीहरूको आफ्नै रणनीतिअनुसार गर्न पाउनुपर्छ । अहिले सबै व्यवसायीले सीएसआरअन्तर्गत गर्नुपर्ने खर्च तोकेअनुसार नगरेका भए पनि धेरैजसोले आफ्नो व्यवसाय फैलाउन त्यस्तो खर्च गर्दै आए पनि त्यसले समाजको हित नै गरिरहेको छ । त्यस्तो रकम सरकारको हातमा गएपछि त्यही रूपमा खर्च हुन्छ नै भन्ने निश्चित छैन । त्यसको दुरुपयोग हुने सम्भावना धेरै छ । सीएसआरअन्तर्गतको खर्चबराबरको रकम सीधै सरकारलाई दिएमा त्यसले अर्थतन्त्रमा अनुत्पादक ‘डेड वेइट कष्ट’ बढाउ“छ । त्यस्तो व्यवस्थालाई मन्त्रालयले हटाउनुपर्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »