विकास

२०७४-०१-६ मा प्रकाशित     १८६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ५, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका पिपलटारमा निर्माण भएका ८७ भूकम्पप्रतिरोधी घर मङ्गलवार समुदायलाई हस्तान्तरण गरिएको छ । पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैंडाले स्थानीय वेदबहादुर दनुवार र रानुकी दनुवारलाई संयुक्त रूपमा सो घर हस्तान्तरण गरेका हुन् । ‘ह्याबिटयाट फर ह्युम्यानिटी’ नेपालको प्राविधिक तथा आर्थिक सहयोग र फर सष्टेनेबल डेभलपमेण्ट नेपालको साझेदारीमा निर्माण भएको एउटा घरको लागत रू. ८ लाख छ । विसं २०७२ भदौ ३ गते शुरू भएको घर निर्माणको कार्य विसं २०७३ चैतमा सम्पन्न भएको थियो ।

सो अवसरमा प्रमुख गैंडाले सरकारबाट मात्रै सबै कुरा सम्भव नहुने भएकाले यसमा अन्तरराष्ट्रिय दाताको समेत सहयोग आवश्यक भएको बताए । साथै, सीमान्तकृत समुदायलाई सरकारले प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ । गैरसरकारी संस्था ह्याबिट्याटका अधिकृत समिरराज दनुवारले परम्परागत रूपमा निर्माण भएका घर विस्थापन भएर नयाँ घरमा बस्न पाएको र त्यस क्षेत्रमा भूकम्पपीडितका लागि जीविकोपार्जनको काम समेत भइरहेको जानकारी दिए ।

स्थानीय शारदा दनुवारले पुस्तौंपुस्ताका लागि हुने घर निर्माण भएको उल्लेख गर्दै जीविकोपार्जनका लागि शीप सिकेर दक्ष भएको बताइन् । एकीकृत नमूना गाउँविकास परियोजनाअन्तर्गत पाँचखालको अन्य ठाउँमा पनि यस्तै खालका २ सय ५० घर निर्माण गर्ने योजना रहेको सो अवसरमा जानकारी गराइएको छ । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »