विकास

२०७४-०१-६ मा प्रकाशित     ३३३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नुवाकोट । भूकम्पका कारण आवास गुमाएर नयाँ आवास निर्माणका लागि राज्यले दिने अनुदानको लाभग्राही सूचीमा नाम छूट भएका नुवाकोटका सबै प्रभावितको घर पुनः सर्वेक्षण गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागबाट तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गरेको लाभग्राही सूचीमा समावेश नभएका तथा लगत सङ्कलनमा पहिलो चरणबाट नै छूट भएका सबैको घर पुनः सर्वेक्षण गर्न लागिएको पुनर्निर्माण प्राधिरकणले बताएको छ ।

भूकम्पका कारण आवास गुमाएकालाई पुनः नयाँ आवास निर्माण गर्न राज्यले उपलब्ध गराउने रू. ३ लाख अनुदान सूचीमा नपरेका पीडितलाई सम्बोधनका लागि छूट भएका सबै पीडितको स्थलगत तथ्याङ्क सङ्कलन गर्न लागिएको प्राधिकरण जिल्ला समन्वय समितिका निमित्त प्रमुख वेदप्रसाद गडौलले जानकारी दिए । ‘भूकम्पबाट क्षति पुगेका घर तथा निजी आवास पुनर्निर्माण गर्न अनुदान लाभग्राही सूचीमा समावेश हुन बाँकी रहेका पीडितलाई समावेश गर्ने उद्देश्यले पुनः सर्वेक्षण गर्न लागिरहेका छौं,’ निमित्त प्रमुख गडौलले भने, ‘आवास पुनर्निर्माणका लागि स्थानीय तहमा परिचालन भएका इञ्जिनीयरलाई लगत सङ्कलनका लागि परिचालन गर्न लागिएको हो ।’

भूकम्प प्रभावितको आवास निर्माणमा प्राविधिक सहयोग पुर्‍याउन बस्तीमा परिचालन भएका इञ्जिनीयरलाई एक साताको तालीम दिएर लगत सङ्कलनका लागि खटाउने तयारी प्राधिकरणले गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले लगत सङ्कलन गरी सार्वजनिक गरेको सूचीमा आफूहरू वास्तविक भूकम्पपीडित भन्दै नुवाकोटका ११ हजार १ सय ८९ घरपरिवारले गुनासो दर्ता गराएका थिए ।

नुवाकोटमा भूकम्पले आवास क्षति भएका ६५ हजार ७ सय ५९ घरपरिवार यसअघि लाभग्राही अनुदानका लागि योग्य ठहरिएका थिए । छूट गुनासो दर्ता भएर पनि लाभग्राहीका लागि योग्य सूचीमा नपरेका वास्तविक पीडित भएर पनि छूट भएको हुन सक्ने एवम् गुनासो फाराम दर्ता गराउन बाँकी रहेका सबैको पुनः इञ्जिनीयरमार्फत लगत सङ्कलन गरी योग्यलाई अनुदान उपलब्ध गराउन सिफारिश गरिने पुनर्निर्माण प्राधिकरणको जिल्ला सचिवालयले बताएको छ । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »