अन्तरराष्ट्रिय

२०७४-०१-७ मा प्रकाशित     ३४८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भारतको मर्जर कानूनमा सुधार : विदेशी कम्पनीमा स्वदेशी कम्पनी गाभिन पाउने

वैशाख ६, नयाँ दिल्ली (भारत) । स्वदेशी कम्पनी विदेशी कम्पनीमा गाभ्ने अनुमति दिनका लागि भारतले मर्जर कानूनमा सुधार गरेको छ । घरेलु कम्पनीहरूलाई विश्वभर व्यवसाय विस्तारमा मद्दत गर्न सरकारले कानूनमा संशोधन गरेको हो । यसले सीमापारका पूँजीबजारमा भारतीय कम्पनीलाई सूचीकृत गर्ने बाटो खुलाएको छ ।

‘अहिलेसम्म विदेशी कम्पनीलाई घरेलु कम्पनीमा गाभ्न मात्रै अनुमति दिइएको थियो । सीमापारका कम्पनीहरूसँग पनि गाभिने अनुमति पाएपछि भारतीय कम्पनीहरूले विदेशमा कम्पनी किन्ने, पुनर्संरचना गर्ने र त्यहाँका शेयर बजारमा सूचीकृत हुने कयौं अवसरसमेत पाउने छन्,’ खेतान एण्ड कम्पनीका पार्टनर मेहुल शाहले भने । यद्यपि, नयाँ नियमअनुसार विदेशी कम्पनीसँग गाभिनसमेत कम्पनीहरूले कम्पनी ऐन २०१३ को अनुपालना गर्नुपर्नेछ । यसका लागि ‘रिजर्व बैङ्क अफ इण्डिया’बाट समेत अनुमति लिनुपर्नेछ । मर्जर कानून लागू हुनुभन्दा पहिला यससँग सम्बन्धित अन्य केही कानूनमा समेत संशोधन गरिनुपर्ने विज्ञहरूले बताएका छन् ।

मर्जर एक्विजशन गतिविधि दोब्बर
सन् २०१७ को पहिलो त्रैमासमा भारतमा मर्जर र एक्विजशन (गाभ्ने र गाभिने (एमएण्डए) गतिविधि बढेर झण्डै दोब्बर भएको छ । जनवरी–मार्र्च त्रैमासमा भारतीय कम्पनीहरूले १७ अर्ब ९० करोड डलरबराबरको एमएण्डए सम्झौता गरेका छन् । गतवर्षको सोही अवधिमा भने ९ अर्ब २० करोड डलरबराबरका एमएण्डए सम्झौता भएका थिए । सो अवधिमा सम्झौताको मूल्य बढे पनि सङ्ख्या भने घटेको छ । सन् २०१६ को पहिलो त्रैमासमा १ सय १० ओटा सम्झौता भएकोमा गत त्रैमासमा भने यो घटेर ७६ ओटामा झरेको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »