अन्तरराष्ट्रिय

२०७४-०१-७ मा प्रकाशित     २०३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अमेरिका लगातार ५औं वर्ष शीर्ष स्थानमा

एफडीआई कन्फिडेन्स इण्डेक्स भारत एक स्थान माथि

वैशाख ६, नयाँ दिल्ली (भारत) । विदेशी प्रत्यक्ष लगानी (एफडीआई) कन्फिडेन्स सूचकमा भारत एक स्थान माथि उक्लिएको छ । अमेरिकी बहुराष्ट्रिय व्यवस्थापन परामर्शदाता कम्पनी एटी किआर्नीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारत १ दशमलव ६८ अङ्कसहित सूचीको आठौं स्थानमा रहेको छ । गतवर्ष भारत १ दशमलव ६ अङ्कसहित सूचीको नवौं स्थानमा रहेको थियो । योसँगै भारत लगातार दोस्रो वर्ष पनि शीर्ष १० भित्र पर्न सफल भएको छ । सूचीको शीर्ष स्थानमा अमेरिका रहेको छ । यो २ दशमलव शून्य ३ अङ्कसहित उक्त स्थानमा रहेको हो । एफडीआई कन्फिडेन्स सूचकमा २ भन्दा बढी अङ्क हासिल गर्ने अमेरिका एकमात्र देश हो ।

यससँगै अमेरिका लगातार पाँचौं वर्ष सूचीको शीर्ष स्थानमा रहन सफल भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका बारेमा विश्वभर अनिश्चय छाइरहेको भए पनि बृहत् बजार र व्यवसायमैत्री वातावरणले लगानीकर्ताहरूले अमेरिकामा लगानी गरेको प्रतिवेदनमा बताइएको छ । अमेरिकालाई पछ्याउने क्रममा जर्मनी, चीन, बेलायत र क्यानाडा क्रमशः शीर्ष पाँच स्थानभित्र परेका छन् । जापान, फ्रान्स, अष्ट्रेलिया र सिङ्गापुर पनि शीर्ष १० स्थानमा पर्न सफल भएका छन् । सूचीमा जम्मा २५ ओटा देशलाई मात्र समावेश गराइएको छ ।

लगानी गन्तव्य छान्दा लगानीकर्ताहरूले विचार गर्ने १० मुख्य तत्त्वमध्ये ७ ओटासम्म तत्त्व सुशासन र नियमनसँग सम्बन्धित रहेको प्रतिवेदनले देखाएको छ । गतवर्ष घरेलु बजारको आकार र श्रमिक लागतलगायतका तत्त्वलाई लगानीकर्ताले बढी ध्यान दिएका थिए । भारतले पारदर्शिता बढाउन र व्यावसायिक वातावरण खुकुलो बनाउन गरेका सुधारले विदेशी कम्पनीका लागि यो आकर्षक गन्तव्य बनेको प्रतिवेदनमा ए टी किआर्नीले बताएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »