समाचार

२०७४-०१-७ मा प्रकाशित     ३०५५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

२८ जिल्लामा उम्मेदवारी दिने

स्थानीय चुनावका लागि नेमकिपाको घोषणा पत्र सार्वजनिक, रोजगारी र प्रविधि प्रवद्र्धनमा जोड

वैशाख ७, काठमाडौं (अस) । नेपाल मजदुर किसान पार्टीले आफ्ना जनप्रतिनिधिमार्फत मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी, पूँजीपति वर्गसमेतको सहयोग तथा समर्थनमा गाउँपालिका र नगरपालिकाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ । अन्य दलहरु चुनाव हुने÷नहुने कुरामा अलमलिरहेको परिप्रेक्ष्यमा नेमकिपाले स्थानीय तहको निर्वाचनका लागि सवैभन्दा पहिले घोषणा पत्र जारी गरेको हो । 

नेमकिपाले विहीबार राजधानीमा सार्वजनिक गरेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ जारी गर्दै पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले स्थानीय तह प्रजातन्त्रको जग रहेको र १५ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधि नहुँदा प्रजातन्त्र सिंहदरवारमा सीमिति भएको धारणा राखे । बिजुक्छेले घोषणापत्र, वर्गआधार, पार्टीको सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् । उनले २८ जिल्लामा नेमकिपाले उम्मेदवारी दिने घोषणासमेत गरे । 

मादल चिन्ह पाएको नेमकिपाले घोषणापत्रमार्फत सन्तुलित विकासको लागि कुल राष्ट्रिय बजेटको ५० प्रतिशत स्थानीय तहमार्फत विकास गर्न दिने पूर्वएजेण्डालाई अझ जोडतोडले उठाउने घोषणा गरेको छ । ठूला दलहरु अझै पनि चुनाव टार्नका लागि वहाना खोजिरहेको र यसलाई भारतले मलजल गरिरहेको आरोप अध्यक्ष विजुक्छेंको थियो । 

नेमकिपाले घोषणा पत्र मार्फत गाउँपालिका र नगरपालिकामा आवास क्षेत्र, पर्यटन क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, शैक्षिक क्षेत्र, हरित क्षेत्र घोषणा गरी भूउपयोग नक्सा तयार गरी कार्यान्वयनमा जोड दिने घोषणा गरेको छ । सूचना प्रविधिको अधिकत्तम प्रयोग गरी सर्वसाधारणलाई अनलाइन सेवा दिने र सूचना प्रविधि केन्द्र स्थापनालाई प्राथमिकतामा राखेको छ । खोला र नदीलाई प्रदुषणमुक्त बनाउने र स–साना बाँध बनाएर पानीको वहावलाई जीवन्त बनाउने योजना पनि नेमकिपाको छ । 

भूबनोटअनुसारको घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटोको परीक्षण गर्ने व्यवस्था गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

सन्तुलित विकासका लागि गाउपालिका

निश्चित शहरमा जनसङ्ख्या केन्द्रीत भइ यसबाट उत्पन्न समस्यालाई अन्त्य गर्न र देशको सन्तुलित विकासको लागि गाउँपालिकाहरुमै शहरको विकास गर्ने, यात्रु हिड्ने पेटीसहितको सडक निर्माण गर्ने र ढल एवम् बसपार्कलगायतको पूर्वाधार विकास गर्ने घोषणा नेमकिपाले गरेको छ । गाउँमा कृषि उत्पादन बढाउन सिञ्चाइको व्यवस्था, आधुनिक औजार तथा यन्त्रको प्रयोग, उन्नत बीउबीजनको अनुसन्धानका लागि सरकारसँग समन्वय गर्ने योजना पनि नेमकिपाको रहेको छ । 

पार्टी अध्यक्ष विजुक्छेंले जनताको नागरिक भावना विकास गरी गाउँपालिका क्षेत्र सफा र स्वच्छ राख्ने, पानीका स्रोतहरु सफा राख्ने, बाढी पहिरो नियन्त्रणका लागि वृक्षारोपण गर्ने र जथाभावी जंगल फडानी रोक्ने उपाय तथा कार्यान्वयनका प्रक्रिया घोषणापत्रमा उल्लेख गरिएको बताए । जनभावना र भूगोलअनुकुल नभएका स्थानीय तहको संरचनाको सीमा हेरफेर गर्न सरकारलाई सिफारिस गर्ने बुँदा पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी यूवालाई स्वदेशमा रोजगारी दिने खाका पनि नेमकिपाले बनाएको छ । शिशुहरुको उचित पालनपोषण र आमाहरुको श्रमशक्ति वृद्धि गर्न गाउँपालिकाको वडाका टोल टोलमा शिशु स्याहार केन्द्र र बालउद्यान स्थापना गर्ने घोषणा सो पार्टीको रहको छ । 

कक्षा १२ सम्म निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था र प्राथमिक विद्यालयमा आ–आफ्नो मातृभाषामा शिक्षा दिन जोड नेमकिपाको रहेको छ । 

रोजगारीमा जोड

इूवाहरुलाई साइकल, मोटरसाइकल, मोटर, रेडियो, टीभी, मोवाइल, फ्रीज, कम्युटर सफ्टवेयर, हार्डवेयरलगायतको तालिम प्रत्येक वडावडामा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने घोषणा नेमकिपाको छ । निर्वाचन आयोगबाट मादल चिन्ह प्राप्त गरेको नेमकिपाले गाउँपालिकाका रमणीय र ऐतिहासिक एवम् साँस्कृतिक महत्व भएका सम्पदाहरु संरक्षण गरी पर्यटन उद्योगको विकास गर्ने कुरा घोषणा पत्रमार्फत सार्वजनिक गरेको छ । सम्भाव्यता भएका स्थानीय तहमा स्थानीय लगानीमा साना जलविद्युत र सिञ्चाइ परियोजना विकास गर्ने पार्टीको योजना रहेको छ । 
कालोवजारी नियन्त्रण र गैसस नियमन

नेमकिपाले घोषणापत्र मार्फत कालोबजारी नियन्त्रण गर्ने र एनजीओ÷आइएनजीओलाई नियमन गर्ने पनि घोषणा गरेको छ । कृत्रिम अभाव, मिसावट तथा म्याद नाघेका सामग्री विक्री गरी उपभोक्ता ठग्नेलाई काुननी कार्वाही गराउने पनि घोषणा पत्रमा उल्लेख गरेको छ । 

वडा वडामा खेलकुदको विकास गर्ने र मद्यपान तथा धुमपान निषेध गर्नेमा पनि नेमकिपाको जोड छ । नमूना विद्यालय, विश्व विद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने खाका पनि नेमकिपाले बनाएको छ । जनताको सहभागिता र श्रमदानमा उपभोक्ता समितिमार्फत स्थानीय विकास निर्माणको काम आर्थिक अनुशासन, मितव्ययी र पारदर्शी ढङ्गले अगाडि बढाउने घोषणा पत्रमा उल्लेख छ । गैरसरकारी र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई नियमन गर्ने पनि घोषणापत्र मार्फत नेमकिपाले घोषणा गरेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »