लगानी

२०७४-०१-७ मा प्रकाशित     २४७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं (अस) । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को लागि अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले वैशाख ६ गते बुधवार खाका प्रस्तुत गरेको छ । बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले खाका प्रस्तुत गरेको जानकारी गराएको होे । बुधवार आयोजित एक कार्यक्रममा वाइकोको तर्फबाट प्रणाली विकास व्यवस्थापक प्रदीप पद्मपाणी सहितको प्राविधिक टोलीले प्रस्तावित प्रणालीको खाका प्रस्तुत गरेका हुन् ।

खाका प्रस्तुत गर्दै टोलीले कारोबार, राफसाफ तथा फछ्यौट, सुपरिर्वेक्षण तथा अनुगमन, जोखीम व्यवस्थापन लगायतका विषयमा बुधवार नेप्से र बिहीवार लगानीकर्ता तथा ब्रोकरलाई जानकारी गराएको थियो । नेप्सेले बिहीवार जारी गरेको विज्ञप्तिमा लगानीकर्ता तथा ब्रोकरलाई खाका देखाइएको कुरा उल्लेख गरे पनि सिस्टम सञ्चालन तयारीको अवस्थाबारे भने  जानकारी दिइएको छैन ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »