लगानी

२०७४-०१-७ मा प्रकाशित     ४१९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काडमाडौं  (अस) । पोखरा फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्ममा आइपुग्दा रू.७ करोड २ लाख ७२ हजार नाफा कमाएको छ । गत आवको यसै समयमा रू.३ करोड ५७ लाख ९९ हजार नाफा कमाएको कम्पनीले यो त्रैमासमा रू.३ करोड ४४ लाख ७३ हजारले नाफा बढाएको हो । कम्पनीको सञ्चालन नाफा ९६ प्रतिशतले बढेर रू.११ करोड ४ लाख २७ हजार पुगेकाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।  

चुक्ता पूँजी भने न्यून प्रतिशतले वृद्धि भई रू.५५ करोड ७४ लाख २० हजार पुगेको छ भने जगेडा कोषमा रू.१९ करोड ८६ लाख ९९ हजार जम्मा भएको छ । यो त्रैमाससम्ममा लगानी ७२ प्रतिशतले बढाएर रू.२३ करोड ९३ लाख ९५ हजार पुगेको छ भने रू.३ अर्ब ४२ करोड ९४ लाख ४५ हजार निक्षेप सङ्कलन गरी रू.३ अर्ब २७ करोड ७८ लाख १ हजार कर्जा प्रवाह गरेको छ । करीब ५९ प्रतिशतले बढाउँदै रू.१४ करोड २३ लाख २७ हजार खुद ब्याज आम्दानी गर्दा रू.१४ करोड २२ लाख ४४ हजार ब्याज खर्च गरेको देखिन्छ । कम्पनीको स्थिर सम्पत्ति रू.१४ करोड ८९ लाख ९७ हजार र अन्य सम्पत्ति रू.२३ करोड ९८ लाख ३२ हजार पुगेको छ । निष्क्रिय कर्जा १ दशमलव ४७ प्रतिशत रहेको कम्पनीले यो त्रैमासमा रू.९५ लाख ७७ हजार सम्भावित जोखीमका लागि छुट्याएको छ ।

प्रतिशेयर आम्दानी वार्षिक रू.१६ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१ सय ३५ दशमलव ६५ रहेको छ । कम्पनीले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासनको स्वीकृतिका लागि सेवोनमा फागुन २६ गते निवेदन दिएको छ । एफपीओ स्वीकृतिका लागि भने कम्पनीले केही समय कुर्नुपर्नेछ । नियामक निकाय धितोपत्र बोर्डले नयाँ धितोपत्र दर्ता तथा निष्कासन निर्देशिका ल्याउने तयारीका लागि हाल एफपीओको स्वीकृति रोकेको छ । पोखरा फाइनान्स कम्पनीको एफपीओ विक्रीको जिम्मा भने एनआईबीएल क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »