लगानी

२०७४-०१-७ मा प्रकाशित     ५९७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

२ अर्ब चुक्ता पूँजी पुर्‍याउन केकस्तो योजना छ नेशनल लाइफको  ?

वैशाख ७, काठमाडौं (अस) । नेशनल लाइफ इन्स्योरेन्सले सम्भावित पूँजी वृद्धिका लागि फरक योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार सूचना जारी गरी बीमा समितिको ०७५ असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले चुक्ता पूँजी २ अर्ब पुर्‍याउनुपर्ने व्यवस्थालाई ध्यानमा राखी एक सय प्रतिशत हकप्रद निष्कासनको निर्णयलाई ७५ प्रतिशत गर्ने निर्णय गरेको हो ।

मङ्सिर २९ मा सम्पन्न २८ औँ वार्षिक साधारण सभाबाट कायम भएको चुक्ता पूँजी रू.१ अर्ब ३२ करोड ४८ लाख ६३ हजार ६ सय ७० को १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि २५ प्रतिशत बोनस शेयर वितरण पश्चात बाँकी रहने ७५ प्रतिशत मात्र हकप्रद जारी गर्ने निर्णय गरेको छ । यो निर्णय बीमा समितिको स्वीकृति र आगामी साधारण सभामा अनुमोदन गरेपश्चात लागू हुने कम्पनीले जानकारी गराएको छ । चालू आवको दोस्रो त्रैमासम्मको विवरणलाई हेर्दा कम्पनीको चुक्ता पूँजी रू.१ अर्ब ३२ करोड ४८ लाख ६३ हजार ६ सय ७० रहेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

लगानी

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »