विविध

२०७४-०१-८ मा प्रकाशित     १५४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, पर्वत (अस) । खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँका दलित समुदायलाई खानेपानी सुविधाबाट वञ्चित गराइएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँका दलित समुदायलाई खानेपानी सुविधाबाट वञ्चित गराइएको हो ।

खानेपानीको महशुल तिर्न सक्दैनन् भनेर खानोपानी उपभोक्ता समितिले नै दलित समुदायलाई खानेपानी रोकेको स्थानीयवासीले बताएका छन् । फलेवास बृहत् बोर्ड स्तरीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीर्घनारायण कुँवरको निर्देशनमा साविकको खानीगाउँ–७ का दलित वस्तीमा खानेपानीको लाइन विस्तार गर्न दिइएको छैन । दलित तथा विपन्न समुदायका परिवार बसोबास गर्ने उक्त ठाउँमा करीब ४५ घरधूरी खानेपानी सुविधाबाट वञ्चित हुँदा समस्यामा भएको बताउँछन् ।

‘हाम्रै घर अगाडिबाट पानीको लाइन गाडिएको छ । तर, हामीलाई पानी दिइएको छैन,’ स्थानीय यामबहादुर परियारले भने, ‘पैसा तिर्न सक्दैनन् भन्ने बहाना बनाएर हाम्रो गाउँमा पानी दिइएन । हाम्रो घरको पछाडिबाट खानेपानीका पाइप विस्तार गरेका छन्, अन्य समुदायका मानिसहरूले पानी खाएका छन् । तर, हामीलाई खानेपानी उपभोग गर्न दिएनन्, यो कतिसम्मको अत्याचार ?’

अर्कोतिर खानीगाउँलाई खानेपानी तथा सरसफाइमा नमूना बनाउने अभियान चलिरहेको छ । आर्थिक हैसियत कमजोर रहेको बहानामा यसरी एउटा समुदायलाई खानेपानीबाट वञ्चित गराउँदा लिएको लक्ष्यमा समेत प्रश्न खडा गरेको छ । स्थानीय समुदायले खानेपानीको सुविधाबाट वञ्चित गराउन खोजिएको भन्दै फलेवास नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा उजुरी गर्ने तयारी गरेका छन् ।

यता, फलेवास बृहत् बोर्ड स्तरीय खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुँवरले आफूले केही व्यक्तिलाई सोधेको तर, पैसा तिर्न सक्दैनौं भनेपछि योजना विस्तारमा रोक लगाएको बताए । उनले खानेपानी सुविधाबाट कसैलाई वञ्चित गर्न नखोजेको दाबी गरे ।

गाउँमा खानेपानी नहुँदा उनीहरूलाई खानका साथै गाईभैंसीलाई खुवाउन पनि समस्या भएको छ । खानेपानीका लागि व्यवस्था मिलाइदिन दलित समुदायले सरोकारवाला निकायलाई आग्रह गरेका छन् । दलित समुदायप्रति गरिने व्यवहार कम हुँदै गए पनि दलितप्रति हेरिने व्यवहार भने पूर्णरूपमा परिवर्तन भइनसकेको नेपाल दलित सङ्घ पर्वतका सहसचिव साजन परियारले बताए । जिल्लालाई नै व्यावहारिक रूपमा छूवाछूतमुक्त बनाउन अभियान चलेको बेला जातकै आधारमा यस्तो गर्नेलाई राज्यले कारबाही गर्नुपर्ने परियारको भनाइ छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »