विकास

२०७४-०१-८ मा प्रकाशित     ५६२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, वीरेन्द्रनगर । वीरेन्द्रनगरमा उच्च प्रसारण लाइनको सबस्टेशन निर्माण गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण प्रसारण लाइन विभागले ४ सय केभीको सबस्टेशन निर्माणका लागि स्वीकृत गरिसकेको बताएको छ ।

आयोजनाको नाम ‘नयाँ बुटवल–कोहलपुर–सुर्खेत’ राखिएको छ । हाल आयोजना कति लागतमा निर्माण हुन्छ भन्नेबारे स्टिमेट नभएको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । लागत स्टिमेट तयार भएपछि टेण्डर आह्वान गरिने उनले बताए ।

उनका अनुसार हाल ४ सय केभी लाइनका लागि सबस्टेशन बनाउने जग्गाको खोजी भइरहेको छ । सबस्टेशन निर्माणका लागि करीब २० बिगाहाभन्दा बढी जग्गाको आवश्यकता पर्ने उनले बताए । पहिले वीरेन्द्रनगरका लागि १ सय ३२ केभी लाइन निर्माण गर्ने भनिएको थियो । तर, यस क्षेत्रमा माथिल्लो कर्णाली आयोजना, भेरी बबई डाईभर्सन र नलसिंहगाड आयोजना निर्माण गरिने भएकाले ४ सय केभी प्रसारण लाइनको आवश्यकता परेको हो । नेपाल विद्युत् प्राधिकरण अन्तरप्रसारण लाइन विभाग र आयोजनाको संयुक्त अभियानमा सबस्टेशनमा निर्माण गर्न लागिएको बताइएको छ ।

‘आयोजना निर्माणका लागि नलसिंहगाड जलविद्युत् आयोजनाले अन्तिम चरणसम्म सहकार्य गर्नुपर्ने हुन्छ,’ प्रमुख अधिकारीले भने, ‘सहकार्य नगरे समयमा सम्पन्न गर्न कठिन हुन्छ ।’ आर्थिक वर्ष ०७३/७४ असारभित्रै स्टिमेट तयार गरी टेण्डर आह्वानका लागि काम भइरहेको बताइएको छ । सुर्खेतदेखि बुटवलसम्म प्राविधिक सर्वे गरी आवश्यक प्रतिवेदन तयार भएपछि मात्रै निर्माणकार्य शुरूआत गरिने अधिकारीको भनाइ छ । विभागका अनुसार अन्तिमसम्म अध्ययन गर्दा १ करोड बजेट खर्च हुने अनुमान गरिएको छ ।

उच्च प्रसारण लाइन भएकाले भारतसम्म जोडिनेछ । हाल सुर्खेतमा उच्च प्रसारण लाइन नहुँदा ठूल्ठूला उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन् । सबस्टेशन निर्माण भएपछि यहाँका उद्योग, कलकारखाना, औद्योगिक ग्रामलगायतका विकास निर्माणको ढोका खुल्ने अपेक्षा गरिएको छ ।   
 
सम्भाव्यता अध्ययन सकियो, असारमा टेण्डर आह्वान
यसैगरी, वीरेन्द्रनगरमा १ सय ३२ केभी प्रसारण लाइन पनि निर्माण हुने भएको छ । विभागले सबस्टेशनका लागि वीरेन्द्रनगर–११ स्थित सुब्बाकुनामा ५ बिगाहा १० कठ्ठा जग्गासमेत खरीद गरिसकेको छ । सबस्टेशनको सम्भाव्यता अध्ययन भइसकेको छ भने असारमा टेण्डर आह्वान गरिने आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »