समाचार

२०७४-०१-८ मा प्रकाशित     ५५८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं । जथाभावी कीटनाशक औषधि प्रयोग गरी खेतीबाली हानिकारक बनाउन दिनुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । कीटनाशक औषधि निश्चित समयमा मात्र प्रयोग गर्नुपर्नेमा जथाभावी प्रयोग गरी खेतीबाली विषादी बनाउन दिनुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो ।

अधिवक्ता तुलसी सिङ्खडाले जथाभावी कीटनाशक औषधि प्रयोग गरिरहँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नेपालमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्नबाट रोक लगाउने कार्य सरकारको भएको तर सरकार आफ्नो कार्यबाट विमुख भएको रिटमा उल्लेख गरिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले रिट निवेदनमा उल्लेख भएबमोजिम जथाभावी कीटनाशक औषधि प्रयोग गरिरहेको पाइए पनि त्यसलाई रोक लगाउनु नपर्ने कारण स्पष्ट गर्न सरकारलाई आदेश दिएको हो ।

नेपालको संविधानबमोजिम नेपाली नागरिकले स्वस्थकर खाना खान पाउने मौलिक हक भएको उल्लेख गर्दै रिट निवेदनमा सरकारले यस्तो मौलिक हकको बर्खिलाप गरेको आरोप लगाइएको छ । उपभोक्ता अधिकार ऐन, २०५४ को विभिन्न प्रावधानमा पनि उपभोक्ताले विषादीरहित खाना खान पाउने अधिकार भएको उल्लेख गर्दै रिट निवेदनमा यो प्रावधान लागू गराउन पनि सरकारले वास्ता नगरेको उल्लेख गरिएको छ ।

कीटनाशक विषादी ऐन, २०४८ मा विषादीको आयात तथा निर्यातको बारेमा स्पष्ट व्यवस्था गरेको भए पनि सोबमोजिम नभई जथाभावी खरीद गर्ने गरिएको पनि बताइएको छ । सो कानूनमा विषादी छर्केको निश्चित समयसम्म सम्बन्धित फसल उपभोक्तासामु लैजान निषेध गरिए पनि कानून लागू नभएको रिट निवेदनमा दाबी गरिएको छ ।

कीटनाशक औषधि प्रयोग भइरहेका कारण नेपालका अधिकांश माटोले उत्पादन  गर्ने क्षमता गुमाइरहेको बारेमा विभिन्न तथ्यबाट पुष्टि भइरहेको पनि रिट निवेदकले सर्वोच्च अदालतलाई जानकारी गराएका छन् ।  सर्वोच्च अदालतले रिट निवेदनमा माग भएबमोजिम आदेश जारी गर्नु नपर्ने कुनै कारण भए आदेश प्राप्त भएको मितिले १५ दिनभित्र पेश गर्न सरकारका सम्बन्धित निकायलाई आदेश दिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »