विविध

२०७४-०१-८ मा प्रकाशित     १७० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद नियमावली संशोधनविरुद्ध आन्दोलन गर्न मूल सङ्घर्ष समिति गठन गरेको छ । बिहीवार राजधानीमा आयोजित राष्ट्रिय भेलाले अध्यक्ष शरदकुमार गौचनको नेतृत्वमा समिति गठन गरेको हो ।

सरकारले गत पुस ८ गते सार्वजनिक खरीद नियमावली, २०६४ मा चौंथो संशोधन गरेको थियो । त्यसको ३ महीना पनि नपुग्दै गत फागुन २६ गते पुनः पाँचौं संशोधन गरेको र उक्त संशोधन निर्माण व्यवसायीको हितमा नरहेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।

महासङ्घले व्यवसायीका मागहरू पूरा नभएकाले आन्दोलनमा जानुको विकल्प नभएको जानकारी दिएको छ । भेलामा ४५ जिल्लाका करीब ३ सय व्यवसायी सहभागी थिए ।

समितिमा महासङ्घ कार्यसमिति, पूर्वपदाधिकारी, ७५ जिल्ला सङ्घ, ५ क्षेत्रीय सङ्घ, वस्तुगत सङ्घसहित काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र मकवानपुर जिल्ला सङ्घको सम्पूर्ण कार्यसमितिलाई सदस्य तोकिएको छ । आन्दोलन मूल सङ्घर्ष समितिले छिट्टै सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने अध्यक्ष गौचनले जानकारी दिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »