विकास

२०७४-०१-८ मा प्रकाशित     ३५९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, धनगढी । धनगढी उपमहानगरपालिकाले घर नक्सापास गरेबापत आर्थिक वर्ष २०७०/७१ देखि चालू आवको चैत मसान्तसम्म २ करोड १५ लाख ५१ हजार ५ सय १ रुपैयाँ आम्दानी गरेको छ । उपमहानगरपालिकाले तीन आर्थिक वर्षमा ४ हजार २ सय ८२ घर नक्सापास गरेबापत उक्त आम्दानी गरेको हो ।

२०७० सालदेखि अनिवार्य रूपमा भूकम्पप्रतिरोधी घर तथा अन्य भौतिक संरचनाहरू निर्माण गर्ने कार्यलाई कार्यान्वयनमा ल्याएको थियो । सो अवधिसम्ममा उपमहानगरपालिकाभित्रका २० ओटै वडामा गरी चैत मसान्तसम्म ४ हजार २ सय ८२ घर तथा अन्य भौतिक संरचनाहरू भूकम्पप्रतिरोधक निर्माणका लागि कार्यालयले नक्सापास गरेको इञ्जिनीयर दिजराज भट्टले जानकारी गराए । उनका अनुसार घर नक्सापास दस्तुरबापत आव २०७०/७१ मा ९३ लाख ६१ हजार ६ सय ७० रुपैयाँ, २०७१/७२ मा ५८ लाख २ हजार २ सय ५९ रुपैयाँ, २०७२/७३ सम्ममा १ करोड ३२ लाख ४५ हजार ४ सय ३६ रुपैयाँ तथा चालू आवको चैत मसान्तसम्ममा ८३ लाख ६ हजार ६५ रुपैयाँ कार्यालयलाई आम्दानी भएको बताए ।

आव २०७० साउनदेखि चालू आव २०७३/७४ को चैत मसान्तसम्म उपमहानगरपालिकाको वडा नम्बर १ मा ५ सय ८३, २ मा ६ सय ७६, ३ मा ७ सय ८६, ४ मा ४ सय ७२, ५ मा ७ सय १६, ६ मा ९६ वटा भूकम्पप्रतिरोधी घर निर्माणका लागि नक्सापास गरिएको छ ।

त्यस्तै, वडा नम्बर ७ मा २ सय ३२, ८ मा ३ सय ३६, ९ मा १३, १० मा ७, १४ मा २ ओटा घर नक्सापास गरिएको छ भने वडा नम्बर १५, १६, १७, १८, १९ र २० मा गरी उक्त अवधिसम्ममा कुल ६३ र अन्य १ सय ७० गरी हालसम्म ४ हजार २ सय ८२ भूकम्पप्रतिरोधी घर तथा अन्य भौतिक संरचना निर्माणका लागि नक्सापास गरिएको कार्यालयको तथ्याङ्क छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »