समाचार

२०७४-०१-८ मा प्रकाशित     ४१८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मदन लामिछाने

मदन लामिछाने

वैशाख ७, काठमाडौं । सुन्दरीजल पानी प्रशोधन केन्द्रको भौतिक संरचनाको निर्माण सम्पन्न भएको छ । यस प्रशोधन केन्द्रमा इलेक्ट्रिकल तथा मेकानिकलतर्फको काम पनि पूरा भइसकेको एनजेएस कन्सल्टेण्ट कम्पनी लिमिटेडका जापानी कन्सल्टेण्ट प्रकाशरुद्र श्रेष्ठले जानकारी दिए । ‘पानी जम्मा गरेर चेकजाँच गर्नेबाहेक अन्य काम सकिएको छ,’ श्रेष्ठले भने, ‘९४ प्रतिशत काम सम्पन्न भएको छ ।’

वाग्मतीमा धेरै भएको पानी ल्याएर जुलाईको अन्त्यसम्म प्रशोधन केन्द्रको चेकजाँच गरिने श्रेष्ठको भनाइ छ । पानी प्रशोधन केन्द्रको चेकजाँचपछि अगष्ट, सेप्टेम्बर र अक्टोबरसम्म उपत्यकामा बिछ्याइएको पाइपलाइनको चुहावट जाँच गरिने उनले बताए । मेलम्चीको पानी वितरण शुरू भएपछि उपत्यकावासीले दैनिक २ देखि ४ घण्टासम्म धारामा पानी पाउनेछन् ।

सुन्दरीजल पानी प्रशोधन केन्द्रसँगै २ किलोवाट बिजुली उत्पादन गर्ने हाइड्रोपावर पनि बनाइएको छ । त्यसबाट उत्पादन गरिएको बिजुलीले केन्द्रलाई चाहिने बिजुली पुग्ने श्रेष्ठले बताए । ‘टनेलबाट आएको पानीबाट शुरूमा बिजुली निकालेर सँगै रहेको प्रशोधन केन्द्रमा पठाई प्रशोधन गरिनेछ,’ उनले भने, ‘केन्द्रमा पहिलो चरणको प्रशोधनका लागि ८ ओटा तथा दोस्रो चरणका लागि ४ ओटा गरी जम्मा १२ ओटा प्रशोधन रहेका छन् ।’

आयोजनाका अनुसार प्रशोधन केन्द्रको दैनिक ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने क्षमता छ । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपमार्फत घरघरमा पानी पुर्‍याइनेछ । तर, मेलम्चीबाट प्रत्येक दिन दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्रमा जम्मा हुनेछ । ८ करोड ५० लाख पानी प्रशोधन गरेर पठाए पनि अन्य विकल्प अपनाएर ९ करोड लिटर प्रशोधन गरिने उनले बताए ।

आगामी असोजसम्म मेलम्चीमा इण्टेक (बाँध) र सुरुङ निर्माण सकेर दशैंअघि पानी काठमाडौं ल्याइसक्ने लक्ष्य आयोजनाको छ । प्रशोधन केन्द्रको अभावमा धमिलो पानी पिउन नपर्ने उनको दाबी छ । अन्तरराष्ट्रिय मापदण्डअनुसार खानेपानी प्रशोधन नगरी उपभोक्तालाई वितरण गर्न पाइँदैन । यसै केन्द्रबाट थप ४ करोड लिटर प्रशोधन गर्न सकिने उनको भनाइ छ । ‘प्रशोधन केन्द्रलाई चाँडो ब्याक वास गरेर थप पानी फिल्टर गर्न सकिन्छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा प्रशोधन केन्द्रलाई थप भार दिन सकिँदैन, त्यसकारण पनि अन्य प्रशोधन केन्द्र चाँडो निर्माण गर्नुपर्छ ।’

जापानी सहयोग नियोगको सहयोगमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र निर्माणका लागि १ वर्षअघि अष्ट्रेलियाको भियटेक बेगार र भारतको प्रतिभा इण्डष्ट्रिज लिमिटेडसँग सरकारले ठेक्का सम्झौता गरेको थियो । उक्त ठेकेदार कम्पनीले संयुक्त रूपमा ४ अर्ब २० करोड रुपैयाँको ठेक्का पाएका थिए । २ वर्षभित्रै आयोजना सम्पन्न गर्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए । सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो ।

सिन्धुपाल्चोक, हेलम्बु गाविसस्थित मेलम्ची खोलाबाट २७ किमी सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने सरकारको योजना छ । हालसम्म करीब २३ दशमलव ५ किमी सुरुङ निर्माण भइसकेको र ३ दशमलव ५ किमी निर्माण बाँकी रहेको आयोजनाले जानकारी दिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »