समाचार

२०७४-०१-८ मा प्रकाशित     ५९७६ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं । सरकारले पृथ्वी राजमार्गलाई चार लेनको बनाई आफ्नै शीप र पहलमा ससाना सुरुङ निर्माण गर्न आवश्यक पहल थालेको छ । थानकोट र नौबीसेमा जापानी प्रविधिमा सुरुङ खन्ने र त्यो प्रविधि सिकेर नेपाल आफैले पहिलो चरणमा ८० देखि १ सय मिटरका ससाना सुरुङ खन्ने योजना सरकारको छ ।

यसका लागि योजना आयोगसँग छलफल गरी बजेट कार्यक्रममा सम्बोधन गर्ने गरेर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम गरिरहेको छ । मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माले भने, ‘जापानिजहरूको प्रविधि उच्चकोटीको हुन्छ र उनीहरूले प्रयोग गर्ने उपकरण तथा प्रविधि पनि उस्तै खालको हुने हुँदा हामीले आफ्नै स्रोतसाधनबाट सुरुङ कसरी बनाउने भने छलफल भइरहेको छ ।’

उनका अनुसार ३० वर्ष अगाडिसम्म प्रिष्ट्रेष्ड पुलहरू विदेशीले मात्र बनाउन सक्थ्यो । तर, अहिले त्यस्ता पुल नेपाली निर्माण व्यवसायीहरू नै बनाउन सक्षम भइसकेका छन् । नेपालको भौगोलिक संरचनाले ठाउँठाउँमा सुुरुङमार्ग बनाउनुपर्ने आवश्यकता भएकाले नेपाली निर्माण व्यवसायीलाई सक्षम बनाई आत्मनिर्भर बन्न आफैले बनाउने तयारी थालेको सहसचिव शर्माले जानकारी दिए ।

पृथ्वी राजमार्गलाई ४ लेनको बनाउन सडक विभाग र राष्ट्रिय योजना आयोगलगायत सम्बन्धित निकायसँग छलफल भइरहेको पनि सहसचिव शर्माले बताए । विद्यमान २ लेनको सडकलाई स्तरोन्नति गर्दा नै धेरै झन्झट आइपरेको र ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सरकारले वैकल्पिक रूपमा ४ लेनको बनाउने योजना बनाएको हो । ‘अहिले विद्यमान सडकलाई २ लेनमा नै कायम गरिनेछ, उनले भने,‘ त्रिशूली पारी थप २ लेन सडक खनिनेछ । यसले गर्दा विनाअवरोध सडक निर्माण हुनेछ ।’ यसका लागि बजेट विनियोजन गर्न मन्त्रालयले अर्थ मन्त्रालयसँग लबिङ गरिरहेको छ । बजेटमा परेपछि यसको जिम्मा सडक विभागले दिने योजना मन्त्रालयको छ ।

यसैगरी सरकारले पूर्वपश्चिम राजमार्गलाई पनि ४ लेनको बनाउने कार्य थालेको छ । एशियाली विकास बैङ्कको सहयोगमा यो राजमार्गको स्तरोन्नति गर्न लागिएको हो । पहिलो चरणमा नारायणघाट–बुटवल खण्ड बनाउन ग्लोबल टेण्डर गरिसकेको छ । २० अर्बको लागतमा बन्ने यो सडक विस्तारका लागि एक दर्जनभन्दा बढीले बोलपत्र बुझाएको बताइएको छ । यो काम चालू आवमा शुरू हुने सडक विभागले जानकारी दिएको छ । दोस्रो चरणमा काँकडभित्तादेखि नारायणघाटसम्म पनि ४ लेनमा स्तरोन्नति गर्ने योजना सरकारको रहेको छ ।

यसका साथै पूर्वपश्चिम जोड्ने कुल ५ ओटा सडक बनाउने योजना सरकारको रहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग, भित्रीमधेश राजमार्ग, मध्यपहाडी राजमार्ग र उच्च पहाडी राजमार्ग गरी ५ ओटा राजमार्ग बनाइने सहसचिव शर्माले जानकारी दिए । उच्च पहाडी राजमार्गबाहेक अरू सबै राजमार्गको निर्माण भइरहेको पनि उनले बताए । ताप्लेजुङदेखि दार्चुला जोड्ने उच्च पहाडी राजमार्ग आगामी बजेटमार्फत घोषणा गर्ने तयारी मन्त्रालयको छ ।

विश्व बैङ्कको अध्ययनअनुसार पूर्वाधारमा गरिएको १ प्रतिशत लगानीले देशको अर्थतन्त्रमा १ प्रतिशत नै प्रतिफल दिन्छ ।

यस्तै, विश्व बैङ्ककै अर्को प्रतिवेदनअनुसार गुणस्तरीय पूर्वाधारले लागत मूल्य घटाएर प्रतिस्पर्धी क्षमता बढाउने भएकाले बाह्य तथा स्वदेशकै व्यापारबाट बढी फाइदा हुन्छ ।

नेपालले हालको अल्पविकसित मुलुकबाट सन् २०२२ सम्म स्तरोन्नति हुन तथा सन् २०३० सम्म मध्यम आय भएको मुलुकको श्रेणीमा स्तरोन्नति हुन आगामी १ दशकमा आफ्नो राष्ट्रिय आयको ८ प्रतिशतदेखि १२ प्रतिशतसम्म पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता भएकाले सरकारले सडक निर्माण र पूर्वाधारमा जोड दिँदै आएको छ ।


#  
Basudev Sharma लेख्नुहुन्छ

समाचार पड्दा त खुशी लाग्यो । जसले जिम्मा लिन्छ पारदर्शी रूपमा होस । देश बनाउछु भन्ने मान्छेलाई काम दियोस । यही मेरो शुभकामना छ ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »