समाचार

२०७४-०१-८ मा प्रकाशित     ५०६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आन्तरिक राजस्व लक्ष्यको १०४ %

वैशाख ७, काठमाडौं (अस)। सरकारले चालू आव २०७३/७४ को चैत्र मसान्तसम्म लक्ष्यको तुलनामा १ सय ४ प्रतिशत आन्तरिक राजस्व सङ्कलन गरेको छ । यस अवधिको राजस्व सङ्कलनको लक्ष्य रू. १ खर्ब ६५ अर्ब १६ करोड रहेकोमा रू. १ खर्ब ७२ अर्ब १७ करोड राजस्व सङ्कलन भएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ । सो राजस्व सङ्कलन गतवर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो ।

यस अवधिमा सङ्कलित कुल आन्तरिक राजस्वमा आयकर मात्र रू. ९५ अर्ब ३९ करोड ५६ लाख छ । सो रकम लक्ष्यको तुलनामा १ सय ७ प्रतिशत भएको विभागकी उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रकला पौडेलले बताइन् । आयकर वर्गमा विभिन्न स्रोतबाट प्राप्त आयमा लाग्ने (आयकर), बहालकर र ब्याजकर समावेश हुन्छ । आयकर शीर्षकको राजस्व सङ्कलन गतवर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो ।

त्यसैगरी मूल्य अभिवृृद्धि कर भने लक्ष्यको ९९ प्रतिशत वा रू. ४३ अर्ब ५ करोड ४६ लाख सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्य अभिवृद्धि करमा २६ प्रतिशत वृद्धि भएको छ । अन्तःशुल्कमा भने रू. ३२ अर्ब ३६ करोड ४५ लाख ७६ हजार सङ्कलन भएको छ । यो गतवर्षको तुलनामा ३९ प्रतिशतले बढी हो भने लक्ष्यको तुलनामा १ सय ४ प्रतिशत हो ।

त्यसबाहेक पनि सरकारले शिक्षासेवा शुल्कबापत रू. ५९ करोड ४४ लाख ५४ हजार सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले बढेको सङ्कलित शिक्षा करको रकम लक्ष्यको तुलनामा भने ९५ प्रतिशत मात्र हो । सरकारले स्वास्थ्य सेवा करबापत पनि रू. ७६ करोड ११ लाख २८ हजार सङ्कलन गरेको छ । गतवर्षको तुलनामा २५ प्रतिशतले बढेको स्वास्थ्य कर लक्ष्यको तुलनामा ८६ प्रतिशत मात्र हो ।  चैतसम्मको अवधिमा सरकारले लक्ष्यको तुलनामा बढी नै राजस्व असुली गरेको विभागकी प्रवक्ता पौडेलले बताइन् ।

 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »