समाचार

२०७४-०१-८ मा प्रकाशित     ३८४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं । होटल व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणसँग निरन्तरता साथै पर्याप्त विद्युत् प्रवाहको माग गरेका छन् । पछिल्ला ७ महीनामा आफूहरूले पाएको विद्युत्का कारण लागत निकै घटेको भन्दै यसलाई कायम राख्न उनीहरूले आग्रह गरेका हुन् । गएको असोज महीनाबाट काठमाडौं लोडशेडिङमुक्त भएसँगै यहाँका होटल व्यवसायीहरू महँगो मूल्यको डिजेल जेनेरेटर सञ्चालन गर्नु नपर्ने अवस्थामा रहेका छन् ।

गत चैतको पहिलो २ सातामा चलेको एसइई परीक्षा अवधिभर बेलुका ६ देखि ९ बजेसम्म होटलहरूले प्राधिकरणलाई विद्युत् भार पर्न नदिन आफ्नै स्रोतबाट विद्युत् उपभोग गरी प्राधिकरणलाई सघाएका थिए । हाल होटल एशोसिएशन नेपाल (हान)मा आबद्ध मात्रै देशभरिमा १ हजार २ सय होटल छन् । हानमा आबद्ध नहुने होटलहरूको सङ्ख्या पनि उल्लेख्य रहेको छ । होटलहरूको ऊर्जा आवश्यकता उनीहरूको स्तर र क्षमताका आधारमा भिन्नभिन्न हुने हानका महासचिव विनायक शाह बताउँछन् । यसमा रहेका कण्डेन्शनल बल्ब र ट्युबलाइटलाई एलईडी बल्बले प्रतिस्थापन मात्रै गर्ने हो भने पनि हाल होटलहरूमा उज्यालोका लागि प्रयोग हुँदै आएको बिजुलीको करीब ५० प्रतिशत बचत हुने उनको भनाइ छ ।

‘यसका लागि हामीलाई प्राधिकरणको साथको आवश्यकता छ,’ उनी भन्छन्, ‘जसले गर्दा एलईडी बल्बको प्रयोगले घरहरूबाट भन्दा ठूलो परिमाणमा होटलबाट विद्युत् बचत गर्न सकिन्छ ।’

घरहरूमा एउटा कोठामा सामान्यतया एउटा बल्बको प्रयोग गरिन्छ भने होटलहरूमा एउटै कोठामा दुईभन्दा बढी बल्ब प्रयोग भइरहेका हुन्छन् । देशभरि नै एलईडी बल्बको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले प्राधिकरणले सहुलियत मूल्यमा भारतबाट एलईडी बल्ब ल्याउने प्रक्रिया अघि बढाएको छ । बल्ब आएपछि सबै प्रकारका ग्राहकले प्राप्त गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । ‘हामीले सबै ग्राहकलाई एलईडीको प्रयोगमा आकर्षित गर्न खोजेका छौं,’ उनले भने, ‘यदि कुनै ग्राहकद्वारा विशेष आग्रह आएमा हामी लक्षित वर्गमा राखी सेवा दिन पनि सक्छौं ।’

होटलहरूले बल्बका साथै विद्युत् खपत गर्ने अन्य उपकरणमा पनि ध्यान पुर्‍याउन सके यसको लाभ होटल स्वयम्लाई हुनेछ । होटलहरूमा प्रयोग हुने एयर कण्डिशनर, फ्रीज, कोल्डष्टोर, वाशिङमेशिन, खाना पकाउने चूल्होलगायतमा ठूलो परिमाणमा ऊर्जा खपत भइरहेको छ । यसमा प्रभावकारी सुधार ल्याउन चाहे प्राधिकरणले नेतृत्वदायी रूपमा सहयोगी भूमिका खेल्न सक्ने प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »