अन्तरराष्ट्रिय

२०७४-०१-८ मा प्रकाशित     ३५५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, पेचिङ (चीन) । आगामी दशकभित्र एशियाली जनसङ्ख्या अन्य कुनै क्षेत्रभन्दा धेरै नै छिटो वृद्ध हुने अर्थविद्हरूले बताएका छन् । सो अवधिमा चीन र थाइल्याण्डजस्ता उदीयमान राष्ट्रका जनसङ्ख्या धनी हुनुअगावै वृद्ध बन्ने जोखीम बढिरहेकोमा उनीहरूले चिन्तासमेत व्यक्त गरेका छन् । यदि यस्तो भएमा यसले सरकारी वित्तीयलाई हानि पुर्‍याउनुका साथै बढ्दो वृद्ध जनसङ्ख्यालाई आपूर्ति गर्नका लागि पेन्सनजस्तो आवश्यक प्रणालीलाई सही ठाउँमा राख्ने सरकारी क्षमतालाई समेत सीमित बनाउने विज्ञहरू बताउँछन् ।

एशियामा बढिरहेको वृद्ध जनसङ्ख्याले सन् २०२० भित्र चीन, हङकङ, दक्षिण कोरिया र थाइल्याण्डको आर्थिक वृद्धिलाई प्रभावित पार्ने र सन् २०२५ सम्म यसले सिङ्गापुरको वृद्धिमा पनि बाधा निम्त्याउन सक्ने विश्लेषण गरिएको छ । चीनले सन् २०२६ भित्र त्यहाँ उच्च आम्दानी हासिल हुन सक्ने अनुमान गरेको छ । र, यदि यस्तो भएमा चिनियाँ नागरिक धनी बन्नु अगाडि नै वृद्ध बन्ने बताइएको छ ।

धनी बन्नुभन्दा अगाडि नै वृद्ध हुनु विकासशील एशियामा मध्यकालीन संरचनात्मक चुनौतीमध्येको एक हो । यसले मध्य आम्दानी भएका राष्ट्रहरूलाई उच्च आम्दानी भएको राष्ट्रको सूचीमा समावेश हुने समय लम्ब्याउन सक्ने भएकाले उनीहरू यसबाट थप चिन्तित बनेका छन् ।

वृद्ध जनसङ्ख्या बढ्दा त्यसले जनसङ्ख्याको उत्पादकत्व क्षमता, उपभोग प्रवृत्ति र लगानीलाई समेत नराम्ररी प्रभावित पार्छ । यससँगै बढ्दो ऋण पनि वृद्ध जनसङ्ख्या धेरै भएको राष्ट्रका लागि एउटा ठूलो चुनौती रहेको बताइन्छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »