अन्तरराष्ट्रिय

२०७४-०१-८ मा प्रकाशित     १५६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, वाशिङटन डीसी (अमेरिका) । विश्व अर्थतन्त्रमा पुनर्बहाली भइरहेको भए पनि बढ्दो संरक्षणवादका कारण यसमा जोखीम उत्पन्न हुन सक्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चेतावनी दिएको छ । यससँगै कोषले यो वर्षको विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणलाई पुनरवलोकन गर्दै साढे ३ प्रतिशत पुर्‍याएको छ । त्यस्तै सन् २०१८ मा विश्व अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले बढ्ने र सन् २०२२ मा वृद्धि ३ दशमलव ८ प्रतिशतमा उक्लिने कोषको अनुमान छ ।

विश्व अर्थतन्त्रले वृद्धिको गति लिइरहेको जस्तो देखिएको छ र हामी पनि निर्णायक बिन्दुमा रहन आवश्यक छ, तैपनि आर्थिक पुनर्बहालीमा जोखीम छैन भनेर यकिन गरिहाल्ने अवस्था पनि छैन,’ आईएमएफका प्रमुख अर्थविद् मउरिस अब्सटफेल्डले भने । कोषले विश्व आर्थिक वृद्धिमा उँधोगतिको जोखीम यथावत् नै रहेको चेतावनी दिएको छ । यो वर्ष विश्वव्यापी अर्थतन्त्रमा स्थायित्व ल्याउन उदीयमान अर्थतन्त्रको विशेष योगदान रहने देखिएको छ ।

‘विश्वमा आर्थिक गतिविधि तीव्र रूपमा बढिरहेको भए पनि निराशाको सम्भावना भने उच्च नै रहेको र नीतिनिर्माताहरूले सही कदम चाल्ने प्रयास नगरेमा वृद्धिको गति धेरै दिनसम्म रहन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ ।

यसबीच आर्थिक समायोजन र प्राविधिक प्रगतिको माध्यमबाट थुप्रै मानिसलाई गरीबीको रेखाबाट माथि उकालेर विश्वव्यापी आर्थिक असमानता घटाउन सहयोग पुगेको कोषको भनाइ छ । अमेरिकाको सम्भावित घाटा वृद्धि विश्वव्यापी आर्थिक वृद्धिको गतिमा चिन्ताको विषय हुन सक्छ । त्यस्तै आर्थिक पुनर्बहालीमा अर्को चिन्ता भनेको चीनको तीव्र रूपमा बढिरहेको ऋणप्रतिको निर्भरताका साथै भू–राजनीतिक तनाव र भ्रष्टाचार हुन सक्ने आईएमएफले चेतावनी दिएको छ । रासस/एएफपी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »