अन्तरराष्ट्रिय

२०७४-०१-८ मा प्रकाशित     २७३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

रिमेल मस्कारा विज्ञापनमा प्रतिबन्ध

वैशाख ७, लण्डन (बेलायत) । बेलायतमा रिमेल मस्काराको विज्ञापन प्रसारणमा प्रतिबन्ध लगाइएको छ । मस्काराको प्रभावलाई बढाइचढाइ गर्न ‘प्रडक्शन’ प्रविधिको प्रयोग गरिएको भन्दै बेलायतमा कारा डेलेभिनाइनले मोडलिङ गरेको एक टीभी विज्ञापन प्रसारणमा रोक लगाइएको हो । सो विज्ञापनमा व्यक्त गरिएका अभिव्यक्ति उपभोक्तालाई भ्रमित गराउने खालको भएको भन्दै एक दर्शकले सोको गुनासो गरेपछि विज्ञापनमा प्रतिबन्ध लगाइएको थियो ।

‘ग्याप’ भर्न र ‘समान ल्यास लाइन’ देखाउनका लागि मात्रै विज्ञापनमा ल्यास इन्सर्ट गरिएको दाबी रिमेल मस्काराको स्वामित्व रहेको कम्पनी कोटी यूकेले गरेको छ । उपभोक्तालाई भ्रमित गर्न वा मस्काराको प्रभाव बढाइचढाइ गर्न ल्यास इन्सर्ट नगरिको भन्दै विज्ञापन प्रसारणका लागि अनुमति दिने निकाय क्लियर काष्टले पनि विज्ञापनको बचाउ गरेको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »