अन्तरराष्ट्रिय

२०७४-०१-८ मा प्रकाशित     २५१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

जापानी निर्यातमा २ वर्षयताकै तीव्र वृद्धि

वैशाख ७, टोकियो (जापान) । सन् २०१७ को मार्च महीनामा जापानको निर्यातमा उच्च वृद्घि भएको एक सरकारी तथ्याङ्कले देखाएको छ । सो अवधिमा जापानको निर्यात १२ प्रतिशतले बढेर ७ दशमलव २ ट्रिलियन येनमा उक्लिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । गत महीना निर्यातमा भएको वृद्धि सन् २०१५ यताकै तीव्र हो भने यो लगातार चौथो महीनाको वृद्धि हो । यसले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा स्थायित्व आउन लागेको सङ्केत दिएको विश्लेषण गरिएको छ । निर्यातमा भएको वृद्धि अनुमान गरेभन्दा बढी हो । सो अवधिमा निर्यात ६ दशमलव २ प्रतिशतले बढ्ने बजारीया अनुमान चलेको थियो ।

यससँगै जापानको व्यावसायिक मनोबल पनि बढिरहेको बैङ्क अफ जापानले बताएको छ । विश्वको म्यानुफ्याक्चरिङ क्षेत्रमा आएको पुनर्बहालीका कारण जापानको उत्पादन र निर्यात दुवै बढेको हुन सक्ने विश्लेषण गरिएको छ । एशियाका विकासशील राष्ट्रहरूले पनि राम्रै गरिरहेका कारण यसले जापानी निर्यातलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेको बताइएको छ । सो अवधिमा अटोपार्ट्स र अप्टिकल उपकरण जस्तै मोबाइल फोन पार्ट्स र सेमिकण्डक्टरको मागमा भएको वृद्धिका कारण निर्यात बढ्न सहयोग पुगेको मन्त्रालयले बताएको छ । यसैगरी सो अवधिमा जापानको आयातमा पनि अनपेक्षित वृद्धि भएको तथ्याङ्क आएको छ ।

गत महीना कच्चा तेलको भाउमा भएको वृद्धि र कोइला खरीद पनि बढेका कारण आयात १५ दशमलव ८ प्रतिशतले बढेर ६ दशमलव ६ ट्रिलियन येनमा उक्लिएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यससँगै पछिल्लो अवधिमा जापानको व्यापार सन्तुलन गतवर्षको तुलनामा साढे १७ प्रतिशत कम अर्थात् ६ खर्ब १४ अर्ब ७० करोड येनमा आएको छ । गत महीना जापानको प्रमुख व्यापार साझेदार चीनमा भएको निर्यात १६ दशमलव ४ प्रतिशतले बढेको थियो भने आयातमा १० दशमलव ३ प्रतिशतको वृद्धि भएको थियो । त्यस्तै अमेरिकामा भएको निर्यात पनि साढे ३ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । रासस/एएफपी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »