बजार

२०७४-०१-८ मा प्रकाशित     २१८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सनराइजको रेमिट्यान्स सेवा भारतबाट

वैशाख ७, काठमाडौं (अस) । सनराइज बैङ्कले रेमिट्यान्स सेवा विस्तारका लागि भारतको आईडीबीआई बैङ्कसँग रेमिट्यान्ससम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै भारतमा बस्दै आएका नेपालीले आईडीबीआईको शाखाबाट नेपालमा सनराइजको खातामा पैसा पठाउन सक्नेछन् । हालै दुई बैङ्कबीच आईडीबीआईको प्रधान कार्यालय मुम्बईमा सोसम्बन्धी सहमति भएको हो । सनराइजका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईडीबीआईका मुख्य महाप्रबन्धक एन कृष्णनले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा सनराइजका अध्यक्ष मोतीलाल दुगड तथा आईडीबीआईका नायव प्रबन्ध निर्देशक केपी नायर एवम् कार्यकारी निर्देशक मैथिली बालसुब्रमन्यमको समेत उपस्थिति थियो । सम्झौतासँगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सनराइजका ६८ शाखा र तीनओटा एक्स्टेन्सन काउण्टरबाट भुुक्तानी लिन सकिनेछ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »