बजार

२०७४-०१-८ मा प्रकाशित     २३० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं (अस) । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वाइड बडी विमान (एयरबस) खरीदका लागि सरकार जमानी बस्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले निगमले विमान खरीदका लागि जमानी बस्ने निर्णय गरेपछि निगमलाई विमान ल्याउने बाटोसमेत खुलेको छ । निगमले कर्मचारी सञ्चय कोषसँग ९ प्रतिशत ब्याजदरमा २५ अर्ब ऋण लिने तयारी गरिरहेको छ । निगमले एयरबस ए ३३० नामक दुईओटा वाइडबडी विमान खरीद सम्झौता गरिसकेको छ । निगम र अमेरिकन कम्पनी एएआर कर्पोरेशनले नेतृत्व गरेको कन्सोर्टियमबीच चैत अन्तिम साता सम्झौता भएको थियो । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआरका प्रमुख दीपक शर्माले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै विमान २०९.६ मिलियन अमेरिकन डलर अर्थात् नेपाली रुपैयाँ २१ अर्ब ९० करोडमा खरीद गर्ने गरी सम्झौता भएको छ । निगमले गत फागुन ४ गते दुईओटा वाइडबडी जहाज खरीद गर्न एएआरलाई १० लाख अमेरिकी डलर बैना रकम पठाइसकेको छ । पहिलो विमान सन् २०१८ अप्रिलमा र दोस्रो विमान सोही वर्षको मेसम्ममा नेपालमा आइपुग्ने  सम्झौतामा उल्लेख छ । ती दुई विमान आउनासाथ निगमले यूरोप र एशियाका पुरना गन्तव्यमा उडान विस्तार गर्ने लक्ष्य लिइएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । यी विमानको आगमनसँगै यात्रुले तुलतात्मकरूपमा सस्तोमा यात्रा गर्न पाउने र नेपाली पर्यटन बजार विस्तारमा सहयोग पुग्ने उनले बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »