बजार

२०७४-०१-८ मा प्रकाशित     ३८६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सिटिजन्सको ‘सिटिजन्स दशक बचत खाता’

वैशाख ७, काठमाडौं । सिटिजन्स बैङ्क इण्टरनेशनलले सिटिजन्स दशक बचत खाता सञ्चालन गरेको छ । बैङ्कले १० औं वार्षिकोत्सवको अवसरमा बिहीवार आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा बैङ्कका अध्यक्ष शङ्करप्रसाद शर्माले उक्त खाताको शुभारम्भ गरेका हुन् ।

निक्षेपकर्ताले ५ प्रतिशत ब्याजदर पाउने यो खातामा न्यूनतम मौज्दात रू. ५ हजार हुनुपर्ने बताइएको छ । यो योजनाअन्तर्गत निक्षेपकर्ताले निःशुल्क एबीबीएस, निःशुल्क हितग्राही खाता सेवा प्राप्त गर्नुका साथै लकर शुल्कमा पनि ५० प्रतिशत छूट प्राप्त गर्ने बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बताए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बैङ्कले १०औं वर्ष पूरा गरेको अवसरमा शैक्षिक, सामाजिक, स्वास्थ्य, खेलकुद, धार्मिक, साङ्गीतिकलगायत क्षेत्रमा आर्थिक सहयोग गरेको छ । बैङ्कले वार्षिकोत्सवका अवसरमा विभिन्न १६ ओटा सङ्घसंस्थालाई करीब २८ लाख ८० हजार आर्थिक सहयोग गरेको छ ।

आर्थिक सहयोगबाहेक बैङ्कले दरबारमार्गस्थित नेपाल ट्राफिक प्रहरीको कार्यलयमा वाटर ट्रिटमेण्ट प्लाण्ट स्थापना गरेको छ । अघिल्लो वर्षको कार्यलाई निरन्तरता दिँदै काठमाडौंको शान्तिनगर स्थित निःसहाय सेवा सदनमा आश्रित ५० जना वृद्धवृद्धालाई एक दिने भोजन कार्यक्रम पनि गरेकोे छ । यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा करीब ६० जनाले रक्तदान गरेका छन् । त्यसैगरी, बैङ्कले आयोजना गरेको आँखा दान र मिर्गौला दान कार्यक्रममा क्रमशः २ जना र १ जनाले अङ्ग दान गरेको पत्रकार सम्मेलनमा बताइयो ।

खेलकुदमा योगदान गर्ने उद्देश्यले बैङ्कले वार्षिकोत्सवकै अवसरमा ‘सिटिजन्स गोल्फ टुर्नामेण्ट–२०१७’ आयोजना गरेको र निकट भविष्यमै ‘पाँचौं सिटिजन्स लन टेनिस टुर्नामेण्ट’ आयोजना गर्ने बैङ्कले जानकारी दिएको छ । वार्षिकोत्सवका अवसरमा बैङ्कले बिहीवार बिहान बैङ्किङसम्बन्धी जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरीसमेत आयोजना गरेको थियोे ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »