बजार

२०७४-०१-८ मा प्रकाशित     ९८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं (अस) । अर्थ व्यवस्थाका समसामयिक चुनौती व्यवस्थापन गर्न सरकारले अवलम्बन गर्नु पर्ने नीतिगत विषयका बारेमा जानकारी गराउन बिहीवार नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गरेको छ  । परिसङ्घका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दिगो आर्थिक विकासका लागि कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउँदै लैजानु अपरिहार्य रहेको धमरणा राखेको थियो । यसका लागि चितवनको भरतपुरमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्न एवम् काठमाडौंमा सेण्टर फर इण्डष्ट्रियल  एक्सिलेन्स स्थापना गर्न सार्वजनिक–निजीक्षेत्र साझेदारी अवधारणाअनुसार वित्तीय स्रोत व्यवस्थापन गर्न परिसङ्घले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सोही अवसरमा वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई सम्बोन्धन गर्न गत फागुनमा नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत केही नीतिगत सुधार गरे पनि वित्तीय प्रणालीमा कर्जाको अभावसँगै ब्याजदरसमेत बढ्दै गएकाले परिसङ्घले त्यस विषयमा नीतिगत सुझावसमेत प्रस्तुत गरेको छ । कर्जाको बढ्दो ब्याजदरले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घटेर आयात बढ्ने, निर्यात घट्ने, कुल गार्हस्थ्य उत्पादनमा सङ्कुचन आउने र रोजगारीका अवसरमा ह्रास आउने हुँदा यथाशीघ्र त्यसलाई सम्बोधन गर्न परिसङ्घले आग्रह गरेको छ । वित्तीय प्रणालीको कर्जा अभाव सम्बोधन गर्न अबलम्बन गर्नु पर्ने अल्पकालीन र मध्यकालीन सुझाव पनि अर्थमन्त्रीसमक्ष पेश गरिएको परिसङ्घले बताएको छ । परिसङ्घबाट प्रस्तुत सुझाव र धारणाका लागि धन्यवाद दिँदै अर्थमन्त्री महराले सरकारले आर्थिक सुधारका कार्यलाई उच्च प्राथमिकता दिएकाले क्रमशः नीतिगत निर्णय गरिने आश्वासन दिएको परिसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »