बजार

२०७४-०१-८ मा प्रकाशित     १७६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

पोखरामा फोर्डको ‘समर एक्सचेञ्ज’ तथा ‘टेष्ट ड्राइभ’ महोत्सव

वैशाख ७, पोखरा (अस) । फोर्ड गाडीका लागि गण्डकी धवलागिरिको अधिकृत विक्रेता अटो भेञ्चर प्रालि पोखराको आयोजनामा फोर्डको ‘समर एक्सचेञ्ज’ तथा ‘टेष्ट ड्राइभ’ महोत्सव हुने भएको छ । शुक्रवार शुरू हुने महोत्सव आइतवारसम्म चल्ने कम्पनीका प्रबन्ध निर्देशक ध्रुवबहादुर थापाले जानकारी दिए ।

ग्राहकको हितलाई दृष्टिगत गरी शून्य प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराइएको थापाले बताए । ‘महोत्सव अवधिभर फोर्ड खरीद तथा साटफेर गर्न ग्राहकको भीड लाग्ने अनुमान गरेका छौं,’ उनले भने । महोत्सवमा २०१७ मोडलका फोर्डका नयाँ गाडी टेष्ट ड्राइभ गर्न सकिनेछ ।

फोर्डको फिगो, इको स्पोर्टस, रेञ्जर, इण्डोभियरलगायत ब्राण्ड पोखराबाट विक्री भइरहेको छ । फोर्डका विभिन्न ३७ प्रकारका गाडी पोखराबाट बिक्री भइरहेको थापाले जानकारी दिए ।

सुरक्षित, माइलेज राम्रो, आकर्षक डिजाइन, स्तरीयताले फोर्डमा ग्राहकको आकर्षण बढेको कम्पनीको दावी छ । अमेरिकी प्रविधिमा भारतमा निर्मित फोर्ड गाडी नेपाली बाटो सुहाउँदो रहेको सिनियर म्यानेजर लोकेन्द्र अर्यालले बताए । फोर्ड गाडीले छोटो समयमा नै निकै लोकप्रियता कमाउन सफल भएको कम्पनीको दावी छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »