बजार

२०७४-०१-८ मा प्रकाशित     १४९५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एनसेलको नयाँ डाटा : प्याक प्रतिएमबी ६ पैसा

वैशाख ७, काठमाडौं (अस) । ग्राहकलाई निरन्तर नयाँनयाँ सेवा र सुविधा प्रदान गर्दै आएको एनसेलले ‘इण्टरनेट सबैका लागि’ अभियानअन्तर्गत नयाँ डाटा प्याक ल्याएको छ । बिहीवारदेखि लागू हुने गरी ल्याइएको नयाँ डाटा प्याकमा एनसेलका सबै ग्राहकले अब अझै बढी डाटा भोल्युमका साथमा विभिन्न समयावधिका प्याक प्रयोग गर्न सक्नेछन् ।  

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले अब न्यूनतम ६ पैसा प्रतिएमबीमा डाटा सेवा प्रयोग गर्न पाउनेछन् । ग्राहकले जुनसुकै बेला चलाउन पाउने अल टाइम डाटा प्याकअन्तर्गत करसहित रू. १० मा २५ एमबी, रू. २० मा ६० एमबी, रू. १ सयमा ३०० एमबी, रू. १ सय ५० मा ६०० एमबी र रू. २ सय ५० मा १२०० एमबी डाटा खरीद गर्न सक्नेछन् । बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डाटा प्याक खरीद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डाटा प्याकभन्दा दोब्बर डाटा भोल्युम प्राप्त गर्नेछन् । बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डाटा प्याकमा सोही मूल्यमा अल टाइम डाटा प्याकभन्दा चार गुणा बढी डाटा भोल्युम पाउने कम्पनीले बताएको छ ।

३००, ६०० र १२०० एमबीका प्याकको समयावधि ३० दिन रहेको छ भने २५ एमबी र ६० एमबीका प्याकको समयावधि ३ दिनको रहने बताइएको छ । एनसेलका ग्राहकले एष्ट्रिक १७१२३ ह्यास डायल गरी निर्देशनबमोजिम आफ्नो आवश्यकताअनुसारको डाटा प्याक सुचारु गर्न सक्ने कम्पनीले विज्ञप्तिमार्फत बताएको छ । यो योजना ९० दिनको लागि मान्य हुने कम्पनीको भनाइ छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »