बजार

२०७४-०१-८ मा प्रकाशित     ३०७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

‘१३औं अन्तरराष्ट्रिय व्यापार मेला तथा प्रविधि प्रदर्शनी शुरू’

वैशाख ७, काठमाडौं । पछिल्लो समय मुलुकमा अत्याधिक आयातका कारण वृद्धि भइरहेको व्यापार घाटा रोक्न आन्तरिक उत्पादन वृद्धि गर्नुपर्नेमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जोड दिएका छन् । निर्यातमुखी बजार विस्तारका लागि आन्तरिक उत्पादन बढाउनु आवश्यक रहेको महराको भनाइ छ ।

‘स्वदेशी वस्तु प्रयोग गरौं, नेपाली हुनुमा गौरव गरौं’ मूल नाराका साथ बिहीवारबाट राजधानीको भृकुटीमण्डपमा शुरू भएको ‘१३औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार तथा नवीनतम प्रविधि प्रदर्शनी २०७४’को उद्घाटन गर्दै अर्थमन्त्री महराले निर्यातमुखी बजार विस्तार गर्न आयात प्रतिस्थापनतर्फ जानुपर्ने बताए । आयात प्रतिस्थापनको विषय सबैका लागि मुख्य चुनौती रहेको पनि उनको भनाइ थियो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो ।

बजार प्रवर्द्धन गर्ने उद्देश्य
मुलुकमा रहेका नवीनतम प्रविधिको प्रयोग गरी लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ मेलाको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । मेलामा थुप्रै वैज्ञानिक आविष्कार, नवीनतम प्रविधि तथा स्वदेशी उत्पादनका प्रदर्शन गरिएको उनले बताए । नेपालमा लघु घरेलु तथा साना उद्योगको प्रविधि प्रयोग तथा युवा वैज्ञानिक र अनुसन्धानकर्ताले गरेको विविध यन्त्र एवम् प्रविधिको प्रवद्र्धन प्रतिस्पर्धी हुन नसकेको अध्यक्ष गिरीको गुनासो छ । यस्तो अवस्थामा आयोजना भएको मेलाले लघु तथा साना घरेलु उद्योगको दिगो र संस्थागत विकासमा मद्दत पुर्‍याउने उनको विश्वास छ । मेला तथा प्रदर्शनीका कारण मुलुकमा विकास गरिएका प्रविधिलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए ।

६ करोडको कारोबार लक्ष्य
वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा सबै खोज, अनुसन्धान तथा आविष्कारलाई प्राथमिकताका साथ राखिने महासङ्घको दाबी छ । मेलामा करीब ६ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । १ लाखभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने आयोजकको अनुमान छ ।  

२ सय १५ ओटा स्टल रहेको मेलामा वैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिका ५७ स्टल छन् । केन्द्रीय महिला उद्यमी पेभिलियनका २५ स्टल छन् । वन तथा कृषि सहज कार्यक्रमका १०, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रवर्द्धित ३० तथा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका गरी १० विदेशी स्टल पनि मेलामा छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »