घर संसार

२०७४-०१-८ मा प्रकाशित     ४१० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

गर्मीमा यसरी सजाऔं बेडरुम

सबैजसो मानिस आफ्नो घर तथा कोठाको सजावट मौसमअनुसार परिवर्तन गर्न चाहन्छन् । गर्मीयाममा मानिस आफ्नो बेडरुममै ‘फ्रेश’ हुने चाहनासमेत गर्छन् । गर्मी मौसममा फ्रेश र रोमाण्टिक हुन कोठालाई रङ्गीन बनाउन सकिन्छ । यसका लागि कोठामा हल्का रङको प्रयोग गरिएको छ भने गहिरो रङको पर्दा लगाउनु राम्रो हुन्छ । गर्मीमा बेडरुम सजाउन निम्न उपाय अपनाउन सकिन्छ :

फ्लोरल थिम
गर्मी महीनामा बेडरुमको भित्ता फूलको तस्वीर वा पेण्टिङले सजाउँदा शीतल महसुस हुन्छ । यसैगरी, झ्यालढोकामा लगाउने पर्दाहरूमा पनि फूलका बुट्टा पेण्टिङ गर्न सकिन्छ । यदि पेण्टिङ सम्भव छैन भने भित्ताहरूमा फूलको चित्र भएको पोष्टर टाँस्न पनि सकिन्छ ।

सुतीको पर्दाको प्रयोग
गर्मी मौसममा कटन तथा सुतीको कपडाले शीतल महसुस गराउँछ । त्यसैले, गर्मीयाममा झ्यालढोकामा पनि सुतीको कपडाको प्रयोग गर्न सकिन्छ । यस्तै, गर्मीमा हल्का रङको पर्दाको प्रयोग पनि गर्नु राम्रो हुन्छ । यसले पनि शीतल तथा ताजगीको अनुभव गराउँछ ।

ब्राइट कुशन कभर
गर्मीयाममा बेडरुममा हल्का खालको कुशनको खोलसमेत प्रयोग गर्न सकिन्छ ।

गर्मी समयमा कोठालाई शीतल पार्न झ्यालहरू खुला राख्न चाहनुहुन्छ भने केही गोपनीयतामा भने ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि बेडरुममा झलर लगाउन सकिन्छ । यसले गर्दा बाहिरको शीतलता उपयोगसँगै कोठा चम्किलो पनि पार्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »