घर संसार

२०७४-०१-८ मा प्रकाशित     ४२९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

गर्मी महीनामा किचेनलाई नयाँ रूप दिन सुन्तला वा विभिन्न रङको प्रयोग गर्न सकिन्छ । मौसमको परिवर्तनसँगै किचेनको रूप परिवर्तन गर्दा आकर्षक देखिन्छ । सधैं एकै प्रकारको डिजाइनले कोठामा नैराश्य ल्याउन सक्छ । त्यसैले, फरक तथा ताजा रूपले किचेनमा उत्साह तथा ताजा महसुस गराउँछ । सजावटका विभिन्न उपाय प्रयोग गरी गर्मीयाममा किचेनलाई ताजा र नयाँ स्वरूप दिन सकिन्छ :

किचेनको भित्ता
किचेनलाई ताजा स्वरूप दिन मौसमअनुसारको रङको प्रयोग गर्नुपर्छ । गर्मी मौसममा किचेनको सजावटका लागि रातो, पहेँलो अथवा सुन्तला रङले पेण्ट गर्न सकिन्छ । गर्मी महीनामा चहकिलो तथा भाइब्रेण्ट रङले किचेनलाई ताजा देखाउँछ ।

गाढा रङ्गको प्रयोग
किचेनमा नयाँ स्वरूप ल्याउन त्यहाँ प्रयोग हुने विभिन्न फर्निचरमा गाढा तथा चमकदार रङको प्रयोग गर्न सकिन्छ । किचेनमा फरकफरक रङका कूकिङ बूक, जार, तौलिया, टेबल कभर आदि प्रयोग गरेर पनि आकर्षक देखाउन सकिन्छ ।

अन्य सामानहरू
गर्मी महीनामा फरकफरक बुट्टा र डिजाइनको प्लेट प्रयोग गरेर पनि किचेन सजाउन सकिन्छ । भाँडाहरूमा फूलका बुट्टा बनाउनुका साथै अन्य सजावटका सामग्रीले किचेन सजाउँदा राम्रो देखिन्छ । भित्तामा वाल हेङ्गिङ भुन्ड्याएर पनि किचेनमा फरक लूक्स दिन तथा ताजा देखाउन सकिन्छ ।
 
बिरुवा
प्राकृतिक रूप दिन किचेनमा सानासाना बिरुवा राख्न सकिन्छ । यसले किचेनको वातावरण स्वच्छ तथा ताजा बनाउँछ । बिरुवाको प्रयोग एउटा भागमा मात्र गर्दा किचेन झनै राम्रो देखिन्छ । साथै, झ्यालमा विभिन्न रङ्गीचङ्गी फूल भएको गमला राखेर पनि किचेनलाई  ताजा रूप दिन सकिन्छ ।  

फलफूल बास्केट
किचेनमा थुप्रै खालका फलफूल बास्केटमा भरेर राख्दा पनि किचेनको सजावटमा मद्दत पुग्छ । किचेन ताजा, राम्रो र आकर्षक देखाउन यसले सहयोग पुर्‍याउँछ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »